‘पारु’ले छोडेपछि ‘दारु’मा मस्त गायक जैसी (भिडियो सहित)

label सुदूरखबर संवाददाता query_builder November, 26 2018

झलक पाली/सुदूरखबर।
डोटी, मंसिर १० । नव उदायमान डोटेली कलाकार हरी सुदामा जैसीको ‘तल्ला गाउँकी पारु’ बोलको पहिलो डिजे गीत सार्वजनिक भएको छ ।

शब्द, सँगीत, स्वर र र्याप स्वयं गायक जैसीकै रहेको उक्त गीत आईतबार सार्वजनिक भएको हो । श्रीराम फिल्मसको प्रस्तुतीका रुपमा बुढा सुब्बा डिजिटल प्रा.लि.मार्फत सार्वजनिक गरिएको गीतमा तल्ला गाउँकी पारुले छोडेर गएपछि तनावले दारु खान बाध्य भएको परिकल्पना गरिएको छ ।

उक्त गीतको भिडियोमा नेपाल आइडल सिनज २ मा र्याप गाएर चर्चा बटुलेकी बहुप्रतिभाशाली कलाकार करिश्मा बिष्ट, अनिल के बिष्ट र योगेन्द्र पार्कीको अभिनय रहेको छ । भीम बिष्ट (अछामी रेखा) को निर्देशनमा अनुप बिकले छायाङ्कन गरेको गीतको अमित बिकले सम्पादन गरेका छन् भने अश्मिता चौधरीले मेकअप मिलाएकी छन् ।

पछिल्लो समयमा बजार लिन थालेका डिजे गीतहरुको गुणस्तरीय एरेञ्जर सुमन के.सी.को एरेञ्ज रहेको गीत कैलालीको अत्तरीयामा रहेको कुसुम डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

चेला ब्वारी भन्नु मात्रै.., तेरै फोटो हेरी.. बोलका डेउडा र जोवन सापटी … बोलको लोक गीत बजारमा पस्किसकेका जैशीले चौथो कोसेलीका रुपमा ‘तल्ला गाउँकी पारु’ बोलको पहिलो डिजे गीत बजारमा ल्याएका हुन् ।

उनी सुदूरपश्चिमेली ठाडी भाकामा विशेष दखल राख्दछन् । डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ६ मा वि.स.२०४४ बैशाख २१ मा जन्मिएका कलाकार जैसी पेशाले स्थायी शिक्षक पनि हुन् ।

तपाईंको प्रतिक्रिया दिनुस्