सुदूरपश्चिमका गृहमन्त्री शाह म्युजिक भिडियोमा (भिडियोसहित)

label सुदूरखबर संवाददाता query_builder November, 27 2018

मदन वि.क./सुदूरखबर।
बाजुरा, मंसिर ११ । सुदूरपश्चिम प्रदेशका गृहमन्त्री प्रकाशबहादुर शाह पहिलोपटक देउडा गीतको म्युजिक भिडियोमा देखिएका छन् । गृहमन्त्री शाह चर्चित देउडा गायक प्रकाश थापाको देउडा गीत ‘विरस्पती तारा’ देउडा गीतको म्युजिक भिडियोमा देखिएका हुन् ।

राजेन्द्र शाह विपिको उत्कृष्ट शव्दमा तयार पारिएको उक्त देउडा गीतमा चर्चित देउडा गायक प्रकाश थापा र टीका पुनको स्वर रहेको छ । विरस्पती तारा बोलको गीत मंगलबार म्युजिक नेपालको युट्युब च्यानलमा सार्वजनिक भएको छ । गृहमन्त्री शाहले उक्त देउडा गीतमा अरु देउडा खेलाडीहरुसंगै कम्मर लड्काएर देउडा खेलेका छन् ।

खप्तड डिजिटल म्युजिकको प्रस्तुतिमा बजारमा आएको उक्त गीतको म्युजिक एरेन्ज विनोद बाजुरालीले गरेका हुन् । मालश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सुदुरपश्चिम प्रदेशका कैलाली र कन्चनपुरका विभिन्न रमणीय स्थानमा छायाकंन गरिएको छ ।

उक्त गीतलाई चर्चित निर्देशक भिम थापाले निर्देशन गरेका हुन् भने गीतको भिडियोलाई हरिष महराले खिचेका हुन् । गीतमा हेमानी ढुंगाल, टेक विष्ट, कपुर गिरी, दिनेश साउँद र दलबहादुर बोगटीले अभिनय गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्