कपिल शर्मा विवाह बन्धनमा बाँधिँदै, को हुन् दुलही ?

label सुदूरखबर संवाददाता query_builder November, 28 2018

काठमाडौं, मंसिर १२ ।  भारतीय हास्य कलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिने भएका छन् । शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो विवाहको निम्तो दिएका हुन्। उनको ट्विटअनुसार विवाह डिसेम्बर १२ मा हुने भएको हो ।

उनले गिन्नी चतरथसँग विवाह गर्न लागेका हुन् । कपिलका अनुसार यी दुईको पहिलो भेट सन् २००५ मा भएको थियो । गिन्नीको कलेजमा विद्यार्थीको अडिसन दिन जाँदा भेट भएको थियो । त्यही बेलादेखि उनले गिन्नीलाई मन पराएको बताएका छन् ।

कपिलका अनुसार उनका बाबुले गिन्नीसँग विवाह गर्न अस्वीकार गरेका थिए। पछि उनी राजी भएका थिए। सन् २००७ मा लाप्टर च्यालेन्ज ३ को उपाधि जितेर कपिल बलिउडमा प्रवेश गरेका थिए ।

सन् २०१३ बाट कमेडी नाइट विथ कपिल शो नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेका उनले सन् २०१५ मा अब्बास मस्तानको निर्देशनमा ‘किस किसको प्यार करु’ नामक फिल्ममा काम गरेका थिए । यद्यपि, उनको फिल्मले राम्रो व्यापार भने गर्न सकेन ।

  • एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्