रवि नेपाल आइडलको ‘टप–५’ मा, पाए सर्वाधिक भोट

label सुदूरखबर संवाददाता query_builder November, 30 2018

काठमाडौं, मंसिर १४ । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २’ अन्तर्गत आज (शुक्रबार) पवन गिरि बाहिरिएका छन् । उनी दर्शकले दिएको भोटका आधारमाआइडलबाट बाहिरिएका हुन् ।

यो सँगै नेपाल आइडलको ‘टप फाइभ’ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । रवि ओड, बिक्रम बराल, सुमित पाठक, अमित बराल र अस्मिता अधिकारी ‘टप फाइभ’ मा पुग्न सफल भएका छन् । आज सुदूरपश्चिमको धनगढी अडिसनबाट आइडलमा बाँकी रहेका रविले सर्वाधिक भोट प्राप्त गरे ।

उनले कार्तिक ३० गते सर्वाजनिक गरिएको अंकमा पनि सर्वाधिक भोट पाएका थिए । आइडलको प्रतिस्पर्धा झन्झन् रोमाञ्चक बनिरेको छ । नेपाल आइडलको पछिल्ला हरेक कार्यक्रम विशेष बनिरहेका छन् । आइडलको जजमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन्।

तपाईंको प्रतिक्रिया दिनुस्