३ करोड नेपालीलाई खुशीको खबर : श्रृखंलाले जितिन मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’को उपाधी…(हेर्नुहोस् भिडियो)

label समाचार प्रकाशक query_builder December, 01 2018

मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीनमा रहेकी मिस नेपाल श्रृंखला खतिवडा फाइनल राउण्डमा प्रवेश गरेकी छन् । उनी ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बनेसंगै फाइनल राउण्डमा प्रवेश गरेकी हुन् ।

समूह १३ मा रहेकी उनी ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्डको फाइनल राउन्डमा प्रवेश गरेकी हुन्। उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका छन्।

प्रतिस्पर्धामा सहभागी १२१ देशका सुन्दरीलाई २० वटा समूह विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। श्रृंखला समूह १३ मा थिइन्। छोटो भिडियो र त्यसपछि ६ जना प्रतिस्पर्धीबीच सवाल जवाफ गरिएको थियो। श्रृंखलाले त्यो सवालमा दिएको जवाफका आधारमा उनले पाएको भोट समेत गणना गर्दै उनी समूह विजेता बन्न सफल भएकी हुन्।

फाइनल राउण्डमा प्रवेश गरेपछि प्रतिक्रिया दिदैँ श्रृ‌खलाले पप्पीका साथमा सम्पूर्ण नेपालीलार्इ धन्यवाद दिइन्। फाइनल राउण्डमा पुगेको मेडल देखाउँदै उनले भनिन्, ‘म निकै आभारी छु। यो सबै यहाँहरुका कारण सम्भव भएको हो। सम्पूर्णलार्इ धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यु नेपाल फर अल अफ दिस।’

तपाईंको प्रतिक्रिया दिनुस्