रेखा जोशीले ल्याइन् ‘हरिया सौलको…’ (भिडियोसहित)

label सुदूरखबर संवाददाता query_builder December, 03 2018

झलक पाली/सुदूरखबर।
डोटी, मंसिर १७ । चर्चित डेउडा गायिका रेखा जोशीको ‘हरिया सौलको…’ भित्र चर्चित डेडा गायक लालबहादुर धामी (अछामी बड्डो) भेटिएका छन् । मौलिक सँस्कृति झल्कने खालको गायीका जोशीको ‘हरिया सौलको…’ बोलको डेउडा गीतभित्र गायक धामी भेटिएका हुन् । गीतमा दुवैले स्वर दिएका छन् ।

चर्चित शब्द सर्जक राजेन्द्र शाह ‘बिपि’ को शब्द, सँगीत रहेको उक्त खप्तड डिजिटल म्यूजिकको प्रस्तुतीका रुपमा म्यूजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गायक स्वयं धामी र पछिल्लो समयमा अभिनय क्षेत्रमा राज गर्न सफल प्रतिभाशाली मोडल रोजी कुँवरको अभिनय रहेको गीतको उत्कृष्ट भिडियो निर्देशक भीम थापाको निर्देशनमा हरिष महराले छायाङ्कन गरेको हुन् भने प्रविण रेश्मी मगरले सम्पादन गरेका हुन् ।

बरिष्ठ एरेञ्जर बिनोद बाजुरालीले एरेञ्ज गरेको उक्त गीत नेपालकै गुणस्तरीय स्टुडियो मालश्री रेकर्डिङ् स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा माया प्रेममा हुने असफलतालाई चित्रण गरिएको छ । यहि मंसिर १४ गते सार्वजनिक भएको गीतलाई आजसम्ममा ४४ हजार बढी दर्शकले हेरीसकेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्