बिडीसिए : एनसिसि, बसन्तपुर र एकेडेमी विजयी

label सुदूरखबर संवाददाता query_builder December, 04 2018

विनोदसिंह विष्ट/सुदूरखबर
बैतडी, मंसिर १८ । बैतडीमा जारी बिडीसिए कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवार भएका लिग चरणका खेलमा निंगलानशैनी क्रिकेट क्लव एनसिसि, नवजागृती क्रिकेट क्लव बसन्तपुर र दशरथचन्द एकेडेमी विजयी भएका छन् ।

निंगलाशैनी खेलमैदानमा भएको खेलमा एनसिसिले जनसेवा गिरेगडालाई १२९ रन ले स्तब्ध पार्दै लगातार दोस्रो जित दर्ता गरेको छ । पहिले ब्याटिंग गरेको एनसिसिले २० ओभरमा ९ विकेटको क्षतीमा १८३ रन बनायो। जसमा कप्तान ऋषिकेश बोहराले अविजित ४४ तथा विनोद नाथले २७ रनको योगदान गरे ।

गिरेगडाका गणेश चन्दले ५ विकेट हात पारे । १८४ रनको लक्ष्य पन्छाएको गिरेगडा ५४ रनमा समेटियो । गिरेगडाको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ दम्याच एनसिसिका सुरेन्द्र बोहराले ५ विकेट हात पारे । गिरेगडा प्रतियोगिताकै सबैभन्दा न्युन स्कोरमा समेटिने टोली समेत बनेको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए ।

यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लवलाई ४१ रनले स्तब्ध पार्दै बसन्तपुर विजयी भएको छ । पहिला ब्याटिंग गरेको बसन्तपुर ११८ रनमा अलआउट भयो । ११९ रनको लक्ष्य पन्छाएको महामाया ७७ रनमा समेटियो । बसन्तपुरका लागी ३ विकेट लिएका दिनेश बाहेरा म्यान अफ दम्याच चुनिए ।

उता बुड्डाबाजे खेलमैदानमा भएको दोस्रो खेलमा कैलपाल क्रिकेट क्लवलाई १९ रनले स्तब्ध पार्दै दशरथचन्द एकेडेमीले विजयी सुरुवात गरेको छ ।

एकेडेमीले दिएको ८६ रनको लक्ष्य पन्छाएको कैलपाल ६५ रनमा समेटियो । व्यक्तिगत ९ रन हिर्काउदै ३ विकेट हात पारेका एकेडेमीका उत्तम चन्द म्यान अफ दम्याच भए ।

यसअघि भएको पहिलो खेलमा साविक विजेता त्रिपुरालाई स्तब्ध पार्दै पञ्चकोटी सुपर सिक्समा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधवार पनि ४ खेल हुने भएका छन् । निंगलाशैनी खेलमैदानमा हुने पहिलो खेलमा पाटनस्टार र गिरेगडा भिड्दा दोस्रो खेलर्मा नसिसि र अस्मिकेदार प्रतिस्प्रर्धा गर्ने भएका छन् ।

उता बुड्डाबाजे क्रिकेट मैदानमा हुने पहिलो खेलमा त्रिलोचन र कालाशैनी आमनेसामने हुदा दोस्रो खेलमा एनआरवाईसी र कैलपालबिच भिडन्त हुनेछ ।

१९ टोली सहभागी प्रतियोगितालाई ६ समूहमा विभाजन गराईएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार , द्वितीय पुरस्कार २० हजार रहेको छ ।

बिडीसिए कपवाट नै आठौं राष्ट्रिय खेलकुदका लागी जिल्लावाट क्रिकेट टोलीको छनौट हुने बैतडी जिल्ला क्रिकेट संघका कोषध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । मंसिर १५ गतेदखि सुरु भएको बिडीसिए कपको यो १८औं संस्करण मंसिर २४ गते सम्पन्न हुनेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्