क्रिकेटर गौतम गम्भीरले लिए सन्यास

label सुदूरखबर संवाददाता query_builder December, 05 2018

काठमाडौं, म‌ंसिर १९ । भारतीय क्रिकेटर गौतम गम्भीरले सबै प्रकारको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पछिल्लो दुई वर्षदेखि भारतीय टिममा पर्न नसकेका गम्भीरले आफ्नो फेसबुक पेजमा एक भिडियो पोस्ट गरेर सन्यासबारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘सबैभन्दा मुश्किल निर्णय भारी मन लिएर गरिन्छ । मैले भारी मनसहित त्यो घोषणा गर्दैछु, जसबारे म जीवनभर डराइ रहेँ ।’

गम्भीरले सबैभन्दा लामो समय भारतीय टिममा टेस्ट, एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेटका महत्वपूर्ण ब्याट्सम्यान रहे । सन् २०११ को विश्वकप फाइनलमा उनले सर्वाधिक ९७ रन बनाएका थिए । उनकै रनको सहयोगमा भारत विजेता बनेको थियो ।

३७ वर्षका गम्भीरले सन् २००३ मा बंगलादेशविरुद्धको टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । अर्को वर्ष उनी अस्ट्रेलियाविरुद्धको खेलबाट एक दिवसीयमा डेब्यु गरे ।

उनले ५८ टेस्ट क्रिकेटमा ४ हजार १५४ रन बनाएका छन् । यसमा ९ शतक र २२ अर्धशतक रहेका छन् । यस्तै १४७ एक दिवसीय क्रिकेटमा उनले पाँच हजार २३८ रन बनाएका छन् । यसमा ११ शतक र ३४ अर्धशतक रहेको छ ।

३७ अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा उनले ९३२ रन बनाएका छन् । आइपिएलमा उनको कप्तानीमा र हेको कोलकाता नाइट राइडर्स दुईपटक च्याम्पियन बनेको छ ।

Announcement #Unbeaten

The most difficult decisions are often taken with the heaviest of hearts. And with one heavy heart, I’ve decided to make an announcement that I’ve dreaded all my life. Indian Cricket Team#Unbeaten

Posted by Gautam Gambhir on Tuesday, December 4, 2018

तपाईंको प्रतिक्रिया दिनुस्