सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नराख्न भन्दै सर्वोच्चमा रिट

label सुदूरखबर संवाददाता query_builder December, 05 2018

धनगढी, म‌ंसिर १९ । सुदूरपश्चिम प्रदेशको राजधानीको विषयमा फेरि सर्वोच्च अदालतमा रिट दायर भएको छ । स्थायी राजधानी गोदावरी तोकेको भन्दै अधिवक्ता मनिषकुमार श्रेष्ठलगायत नौ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा अवैज्ञानिक र असंवैधानिक तरिकाले प्रदेशको राजधानी तोकिएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको रिटमा राजधानीको निर्णय कार्यान्वन नगराउन परमादेश माग गरिएको छ ।

गोदावरीमा राजधानी बनाउने प्रदेशसभाको निर्णयविरुद्ध यसअघि पनि सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अधिवक्ता देवीकुमारी जोशीले दायर गरेको रिटमा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ । गत असोज १२ गतेको प्रदेशसभा बैठकले नाम सुदूरपश्चिम र राजधानी गोदावरी पारित गरेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्