बिडीसिए : एनसिसि र कालाशैनी ‘सुपर सिक्स’मा प्रवेश

label सुदूरखबर संवाददाता query_builder December, 05 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, मंसिर १९ । बैतडीमा जारी बिडीसिए कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुपर सिक्समा पुग्ने ४ टोलीको टुंगो लागेको छ ।  बुधबार निंगलाशैनी क्रिकेट क्लव(एनसिसि)देहिमाण्डौ र कालाशैनी युवा क्लव विजयी भएसंगै सुपर सिक्समा पुग्ने ४ टोलीको टुंगो लागेको हो ।

यसअघि यौङ्गस्टार मेलौली र पञ्चकोटी सुपर सिक्समा पुगिसकेका छन् ।  निंगलाशैनी खेलमैदानमा सम्पन्न आफ्नो लिग चरणको अन्तिम खेलमा अस्मिकेदार क्रिकेट क्लवलाई १६६ रनले पाखा लगाउदै एनसिसिले अन्तिम छ मा स्थान सुरक्षित गरेको हो ।

पहिला ब्याटिंग गरेको एनसिसिले २० ओभरमा ३ विकेटको क्षतीमा २२९ रन बनायो । जसमा दीपेन्द्रबहादुर ऐरीले अविजित ७६ तथा गजेन्द्र बोहराले ६९ रन बनाए ।

२३० रनको बिशाल लक्ष्य पन्छाएको अस्मिकेदार ६३ रनमा समेटियो । प्रकास भाट र बलदेव बडुले समान १०÷१० रनको योगदान गरेपनि अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन समेत बनाउन सकेनन् । अस्मिकेदारको पारी ध्वस्त पार्ने क्रममा एनसिसिका दिपेन्द्र बहादुर ऐरीले ५ विकेट हात पारे । उनी म्यान अफ दम्याच घोषित पनि भएका स्कोरर दीपेन्द्र बाहेराले जानकारी दिए ।

 

यस्तै बुड्डाबाजे क्रिकेट मैदानमा भएको खेलमा त्रिलोचन क्रिकेट क्लवलाई ४ विकेटले पराजित गर्दै कालाशैनी युवा क्लव पनि सुपर सिक्समा पुगेको छ । त्रिलोचनले दिएको ८८ रनको लक्ष्य कालाशैनीले ६ विकेटको क्षतीमा पुरा गर्यो । कालाशैनीका लागी व्यक्तिगत २८ रन तथा २ विकेट हात पारेका गोकर्ण चन्द म्यान अफ दम्याच घोषित भए ।

बुधवार नै सम्पन्न अर्को खेलमा गिरेगडालाई ८ विकेटले स्तब्ध पार्दै पाटनस्टार विजयी भएको छ । गिरेगडाले दिएको ९३ रनको लक्ष्य पाटनले २ विकेटको क्षतीमा पुरा गर्यो । व्यक्तिगत ३१ रन तथा ३ विकेट हात पारेका पाटनका पञ्कज चन्द म्यान अफ द म्याच भए । बुड्डाबाजे क्रिकेट मैदानमा भएको अर्को खेलमा कैलपाललाई ९२ रनले स्तब्ध पार्दै एनआरवाईसीले विजयी सुरुवात गरेको छ । एनआरवाईसीले दिएको १७६ रनको लक्ष्य पन्छाएको कैलपाल ८३ रनमा समेटियो । ५ विकेट हात पारेका मदन चन्द म्यान अफ दम्याच चुनिए ।

यसैबिच प्रतियोगिता अन्तर्गत बिहीवार पनि ४ खेल हुने भएका भएका छन् । निंगलाशैनी खेल मैदानमा हुने पहिलो खेलमा गिरेगडा र अस्मिकेदार भिड्दा दोस्रो खेलमा पाटन भ्याली र महामाया आमनसामने हुने भएका छन् ।

उता बुड्डाबाजे खेलमैदानमा हुने पहिलो खेलमा एनआरवासी र एकेडेमी प्रतिस्प्रर्धा गर्दा दोस्रो खेलमा पञ्चकोटी र कालाशैनीबिच भिडन्त हुने भएको छ । पञ्चकोटी र कालाशैनी प्रतियोगिताको सुपर सिक्सको पहिलो खेल खेल्न लागेका हुन् ।

१९ टोली सहभागी प्रतियोगितालाई ६ समूहमा विभाजन गराईएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार रहेको छ । बिडीसिए कपवाट नै आठौं राष्ट्रिय खेलकुदका लागी जिल्लावाट क्रिकेट टोलीको छनौट हुने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । मंसिर १५ गतेदखि सुरु भएको बिडीसिए कपको यो १८ औं संस्करण मङ्सिर २४ गते सम्पन्न हुनेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्