मंसिर २० गते बिहानीको ३ः१० बजे बुध-बृशिक राशिका मानिसलाई महाँफलीफाप हुदै, बाकीलाई के कस्तो छ पढ्नुहोस

label समाचार प्रकाशक query_builder December, 05 2018

ज्योतिष शास्त्रले बुध ग्रहलाई ज्ञान, बुद्धि, शिक्षाको कारण ग्रह मान्ने गरिन्छ। यस्तै बुध व्यापार-व्यवसायको पनि प्रतिनिधि ग्रह रहेको छ। डिसेम्बर ६ बिहान ३ बजेर १० बजे बुध ग्रह मार्गी हुँदैछ।

अहिले वृश्चिक राशिमा बुध ग्रह वक्री रहेको हुँदा लगभग सम्पूर्ण राशिको आर्थिक कार्यमा असर परेको हुन सक्छ। यस्तै यस समयमा वृश्चिक राशिमा बुधको वक्रीको कारण शैक्षिक क्षेत्रमा पनि केहि असहजता भएको हुन सक्छ। बुध ग्रहको मार्गीसँगै निम्न उल्लेखित लाभ मिल्न सक्छ।

बुध मार्गी हुँदा अड्किएको कार्य शुरु गर्ने बाटो खुल्न सक्ला। विद्यार्थीहरुलाई पनि बुध मार्गी हुँदा लाभ मिल्ने देखिन्छ। परिक्षामा मात्र नभई विभिन्न प्रतियोगिताहरुमा भनेको जस्तै सफलता मिल्नेछ।

बुध वक्रीको कारण भयंकर आर्थिक संकटमा परेका व्यक्तिहरुलाई बुध मार्गीको कारण धेरैनै राहत मिल्नेछ। रोकिएका आर्थिक श्रोतको बाटो फेरी खुल्न सक्ला।

बुध ग्रह वृश्चिक राशिमा मार्गी हुँदा वृश्चिक राशिमा सूर्य र बृहस्पति रहने हुँदा यसको लाभ सबै राशि हुनेहरुलाई मिल्नेछ। पारिवारिक जीवन र प्रेम प्रसंगको मामलामा मिथुन राशि र कन्या राशि हुनेहरुलाई धेरै लाभ मिल्नेछ। पारिवारिक रुपमा रहेका समस्या देखि छुटकारा पनि मिल्न सक्ला। आर्थिक रुपमा पनि परिवारको सहयोग दिलाउन बुध ग्रह मार्गीले भूमिका खेल्नेछ।

तपाईंको प्रतिक्रिया दिनुस्