जापानमा अमेरिकी सेनाको दुईवटा लडाकु विमान ठोक्किँदा ६ जना बेपत्ता

label सुदूरखबर संवाददाता query_builder December, 06 2018

काठमाडौं, मंसिर २० । जापानमा अमेरीकी सेनाको दुईवटा लडाकु विमान आपसमा ठोक्किंदा ६ जना वेपत्ता भएका छन् । आकाशमा उडिरहेको अवस्थामा तेल भर्ने अभ्यास चलिंरहँदा अमेरीकी हवाई सेनाको दुई लडाकु विमान ठोक्किएका हुन् ।

अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित अमेरीकी सेनाको आधारबाट उडेका के.सी वान थर्टी र एफ.एटिन लडाकु विमान दुर्घटनामा परेका हुन् ।

जापनको समुद्री किनारबाट झण्डै ३ सय २० किलोमिटर टाढा दुर्घटना भएको बताइएको छ । दुईटनास्थलबाट एक जना सैनिकको उद्दार गरिएको छ भने बाँकी ६ सैनिक हराईरहेका छन् । वेपत्ता सैनिकहरुको खोजी कार्य जारी छ । उद्धारका लागि जापानले पनि चार वटा विमान र तीन पानी जहाज परिचालन गरेको छ ।

  • एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्