जन्मदिनको अवसरमा बयालपाटाका बिरामीका लागि १० थना ‘बल्याङ्केट’

label सुदूरखबर संवाददाता query_builder December, 06 2018

नमराज भण्डारी/सुदूरखबर।
अछाम, मंसिर २० । आफ्नो जन्मदिनको अवसरमा साँफेबगरका समाजसेवी कृष्ण कुवँरले बयालपाटा अस्पतालका बिरामीका लागि बल्याङ्केट प्रदान गरेका छन् ।

साँफेबगर नगरपालिका–३ का कुवँरले आफ्नो ३४औँ जन्मदिनको अवसरमा बिहीबार १० थान बल्याङ्केट अस्पताललाई हस्तान्त्ररण गरेका हुन् ।

अस्पताल परिसरमा एक कार्यक्रमकाबीच उनले बल्याङ्केट अस्पतालका मेडिकल निर्देशक डाक्टर विकाश गौचनलाई हस्तान्त्ररण गरे । कार्यक्रममा बोल्दै मेडिकल निर्देशक डाक्टर गौचनले जन्मदिनको शुभकामना दिँदै समाजका विभिन्न शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनिय काम गर्दै आएकोमा प्रशंसा गर्दै आगामी दिनमा पनि समाज परिर्वनतका लागी सधै क्रियाशिल रहन आग्रह गरे ।

कुवँरलाई जन्मदिनको शुभकामना दिँदै बयालपाटा अस्पतालका वरिष्ठ खरिद तथा संचालन ईन्चार्ज तिलकमान बोहरालेसामाजिक कामको उदाहरण पेश गरेकोमा खुशी व्यक्त गर्दै जाडो मौसममा बल्याङकेट अस्पतालका बिरामीका लागि महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे ।

तपाईंको प्रतिक्रिया दिनुस्