बाजुराका १७२ बाढीपहिरो पीडित परिवारलाई बलाङ्केट र स्वीटर वितरण

label सुदूरखबर संवाददाता query_builder December, 06 2018

मदन वि.क./सुदूरखबर।
बाजुरा, मंसिर २० । सहयोगी हातहरुको समूह (सहास नेपाल) बाजुराले बडिमालिका नगरपालिका ४ रिलाका बाढीपहिरो पिडित १ सय ७२ परिवारलाई राहत स्वरुप बलाङ्केट र स्वीटर वितरण गरेको छ ।

गएको भदौ महिनामा घरमाथिबाट आएको बाढीपहिरोले ५ जना परिवारको पुरै उठीबास भएको थियो भने गाउँका अन्य सबै परिवारहरु पहिरोबाट पूर्णरुपमा विस्तापित बनेका थिए ।

वर्षातमा आएकोे बाढीपहिरोले घरमा भएका सबै गाईबस्तु र घरमा पूर्ण क्षेती पुगाएपछि कैले लवार लगायत अरु चार जनाको उठीबास भएको थियो । अहिले उनीहरुको गाउँको अवस्थाका बारेमा बुझेर पुरै वडाका १ सय ७२ परिवारलाई करिब चार लाख बराबरका ब्लाङ्केट र उनीहरुका बालवालिकाका लागि १ सय १० वटा स्वीटर वितरण गरेको सहास नेपालका बाजुरा प्रमुख रामबहादुर खत्रीले बताए ।

सम्ुदायमा रहेका विपन्न तथा असहाय र अन्य बाढीपीडितका बालबालिकालाई बुधबार एक कार्यक्रमको आयोजना गरेर गाउँमै पुगेर उनीहरुलाई राहत सामाग्री वितरण गरिएको हो ।

वडामा रहेका सबै पिडितहरुका लागि विभिन्न समयमा राहत वितरण गरेपछि स्थानीयहरुलाई केही दिन भएपनि सहयोग पुग्ने वडाका स्थानीय रामलाल उखेडाले बताए । वर्षातको समयमा गाउँनै उच्च जोखिममा हुने गरेको छ ।

  

गाउँमा भएका सबै स्थानीयहरु जव वर्षातको समय सूरु हुन्छ तब उनीहरु बाढीपहिरोको त्रासमा बस्नु पर्ने बाध्यता रहदै आएको छ बडीमालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र नाथले गुनासो पोखे ।

विभिन्न सहयोगी निकायहरुबाट विभिन्न पटक यो गाउँका स्थानीयहरुका लागि राहत स्वरुप करिब १६ लाख ९७ हजार बराबरको राहत सामाग्री सहयोग भएकोे छ अब यो गाउँको वस्तीलाई नै सुरक्षित स्थानमा सारिनु पर्ने आबस्यकता छ वडा अध्यक्ष नाथले बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्