सुदूर पहाडमा हिमपात, जनजीवन प्रभावित (फोटो फिचर)

label सुदूर खबर संवाददाता query_builder December, 13 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, मंसिर २७ । मौसममा आएको परिवर्तनका कारण बिहीवार बिहानैदेखि बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिमपात भएसंगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।

बझाङको साइपाल गाउँपालिका, सुर्मा गाँउपालिका, छबीसपाथीभेरा गाउँपालिका, र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ ।
यस्तै दार्चुलाको अपी ,राप्ला , घुसा, खण्डेश्वरी, छिङरु ,व्यास, तिङकर लगायतका ठाउमा हिमपात भएको प्रेम चुनाराले जानकारी दिए । उनले भने, ‘दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ ।’

डडेल्धुराको भिमदत्त राजमार्गको शाहुखर्क, हगुल्टे लगायतका स्थानमा हिमपात भएको जनाइएको छ । उता बाजुराको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । बर्षासंगै हिउ परेर चिसो बढेपनि बाली सप्रिने भन्दै किसानहरु खुसी भएका छन् ।
हिमपातले हिमपातका कारण चिसो बढेकोले बृद्धबृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् ।
बुधबारदेखि एक्कासी मौसम बदली भइ पानीपश्चात बिहीबार हिमपात भएपछि यहाँका साधारण तथा स्थानीय ब्यक्तीहरु चिसोले प्रभावित बनेका हुन् ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत पु¥याएको छ । लामो समयको खडेरी पछि पानी परेकोले बाली सप्रिने दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले बताए ।

 

 

 

 

 

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।