पञ्चदेवल विनायक नगरपालिकामा ‘सेभ हाउस’ निर्माण हुने

label सुदूरखबर संवाददाता query_builder December, 14 2018

नमराज भण्डारी/सुदूरखबर।
अछाम, मंसिर २८ । पञ्चदेवल विनायक नगरपालिकाले हिंसामा परेका महिलाहरुको सुरक्षाका लागि सेभ हाउस निर्माण गर्न भएको छ । हिंसामा परेका महिलाहरुको सुरक्षाको लागि उक्त भवन निर्माण गर्न लागिएको नगर उप प्रमुख अम्विका चलाउनेले बताइन् । उनका अनुसार सेभ हाउस निर्माणका लागि कार्यपालिका बैठकले बजेट समेत विनियोजन गरेको छ ।

घर वा समुदायका कारण हिंसामा परेका महिलाहरुलाई न्याय नपान्जेल सम्म उक्त घरमा राखिने उप प्रमुख चलाउनेको भनाइ छ । सेभ हाउस निर्माण भएपछि महिला हिंसाका घटनाहरु बाहिर आउने उनको विश्वास छ । हिंसामा परेका महिलाहरुले मुद्धा दिएको समयमा पीडकले विभिन्न प्रलोभन देखाउदा पीडितले नै बयान फेर्ने गरेका कारण पनि पीडितले न्याय पाउन सकिरहेका छैनन् ।

मुद्धा चलिरहेका बेला उनिहरुको बसोबार पीडकसंग हुने भएकाले पिडकले विभिन्न डरत्रास देखाउदा पनी पिडितहरुले बयान फेर्ने गरेका छन । समुदायमा महिलामाथि हिंसा भईरहेपनि उनिहरु आफ्नो सुरक्षाका कारण न्याय खोज्न सकिरहेका छैनन् ।

उनिहरुमाथि घरभित्र र बाहिर हिंसा भइरहेको भएपनि न्याय नपाउने डरले हिंसा सहन बाध्य छन । न्यायिक निकाएमा उजुरी दिएपछि कतिपय महिलाहरु घर निकाला हुनुपरेको उदाहरण समुदायमा देख्न पाइन्छ । उनिहरु कोहि माइतिघर त कोहि आफन्तकोमा गएर सरण माग्दछन् । तर, अब पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुले त्यो समस्या भोग्नु नपर्ने भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्