नेपाल आईडलका बिजेता रबि ओडलाई बधाई दिदै अस्मिता अधिकारीले मनछुने यस्तो भावुक स्टाटस लेखिन

label सुदूरखबर संवाददाता query_builder December, 23 2018

काठमाडौँ, पुष ८ । नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन २’ का बिजेता सुदुर पश्चिमका शान रबि ओड बनेका छन् । शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका रबि ओडले उपाधि जितेको हुन् । दर्शकहरुको सर्वाधिक भोट पाएर उनि नेपाल आइडल सिजन २ का बिजेता बनेका हुन् । फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारी बनेकी छिन् ।

यस्तै फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारी बनेकी छिन् । आइडलको थर्ड रनरअप भएकी प्रदेश नं १ झापाकी अस्मिता अधिकारीले हिजो (शनिबार) आफ्नो फेसबुक पेजमार्फत सबैको मन छुने स्टाटस लेखेर सेयर गरेकी छिन् । उनको स्टाटस जस्ताको तस्तै:

“सर्वप्रथम त मेरो साथी रबि ओडलाई मुरी मुरी बधाई।

हार र जीत भनेको केवल मनको अवस्था हो | महत्पूर्ण कुरा त यो क्षण हो, यो सुनौलो सांगीतिक यात्रा हो जसको कुनै अन्त्य छैन | अहिलेको क्षणिक दुखमा डुबेर अहिले सम्मको पाएको सांगीतिक उपलब्धि अनि हजुरहरू जस्तो लाखौ श्रोताहरूको मायालाई कदापी नकार्न सक्दिन | आत्मासात गर्नु अनि सबै दुख सुखलाई सराहना गर्दै जीवन बाच्नुनै मेरो लागि सहि अर्थमा जीवन जिउनु भन्ने लाग्छ|

मैले यो प्रतियोगिताबाट केवल पाएको मात्र छु l केहि पनि गुमाएको छैन| अनि सहि अर्थमा भन्नु पर्दा मैले बल्ल सांगीतिक महासागरको एउटा सानो अंश थाहा पाएको छु अनि एउटा बिध्यार्तिको रुपमा मेरो सांगीतिक अध्यन बल्ल सुरु भएको छ | धेरै लामो छ यो यात्रा अनि हजुरहरूलाई गरेको वाचा पुरा गर्न धेरै मेहनत गर्नु छु र यो अलौकिक यात्राको पहिलो दिन आज हो |

मलाई नेपाल आइडल सिजन २ को टप ४ फाइनालिस्ट बनाई यस्तो गौरबमय अनुभूति दिनुहुने सम्पूर्ण पक्षहरू :एपी वान टिभी परिवार, सम्मानीय जजहरू, अनि मेरो प्राणभन्दा नि प्यारो मेरा सुभचिन्तकहरू मेरा परिवारका सदस्यहरू , मेरो साथीसंगीहरू , मेरो गुरुजनहरू , मेरो सपोर्ट ग्रुपमा डटेर लागेका सदस्यहरू , बिदेशी भूमिमा बसेर पनि आफ्नो अमुल्य सहयोग दिनु हुने सहयोगी व्यक्तित्वहरू र देशका कुना काप्चामा बसेर मलाई हसौला दिनु हुने र मेरो लागि प्राथना गर्नु हुने समस्त आत्मा प्रति कोटी कोटी श्रदा सुमन अर्पण गर्न चाहन्छु।”

तपाईंको प्रतिक्रिया दिनुस्