बझाङका नदी र खोलाबाट नदी जन्य पदार्थको अवैध दोहन तीव्र

label सुदूर खबर संवाददाता query_builder December, 25 2018

डीबी विष्ट/सुदूरखबर।
बझाङ, पुस १० । बझाङ जिल्लाका विभिन्न नदी र खोलाहरुबाट नदीजन्य पदार्थहरु ढुङ्गा गिट्टी र बालुवाको अवैध दोहन तीव्र रुपमा हुन थालेको छ । अवैध दोहन संगै बाढीको समस्या बढ्नुका साथै नदी खोलाको सतह गहिरो भइ कतिपय सिंचाई आयोजनाहरु पनि बन्द हुने अवस्थामा पुगेका छन भने खोला र नदीमा निमार्ण गरिएका संरचनाहरु पनि बाढीको खतरामा छन् ।

नदीमा बनाइएका संरचनाहरु पुल पुलेसा आदी रहेको क्षेत्रभन्दा ५ सय मिटर तल माथी सम्म नदीजन्य पदार्थहरु झिक्न नपाइने नियम नेपाल सरकारले बनाएको छ । यद्यपी यस जिल्लामा नदीजन्य पदार्थहरुको उपयोग सम्बन्धी कुनै पनि व्यवस्थाहरु लागु नभएको सरोकारवाला निकाय जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी स्वयंले स्विकार गरेका छन् ।

निमित्त जिल्ला समन्वय अधिकारी लालबहादुर थापाले भने, ‘यहाँ नदीजन्य पदार्थ उत्खनन सम्बन्धी कुनै पनि नियमको पालना भएको छैन । जसलाई जसरी मन लाग्यो त्यसरी झिकेर लगेका छन् ।’ यसलाई रोक्न हालसम्म कसैले पहल नगरेको उनको भनाइ छ ।

विस्तृत वातावरणिय अध्ययन गरेर ठेक्का प्रक्रियाबाट मात्र नदीजन्य पदार्थ दोहन गर्ने नियम भए पनि त्यसको बझाङमा त्यसको पालना कत्तीपनी भएको छैन । यहा“ रहेका विभिन्न नदी र खोलाहरुमा जथाभावी डोजर, स्काभेटर प्रयोग गरेर ढुङ्गा, गिटी, बालुवा निकाल्ने काम भैरहदा नियमन गर्ने निकायहरु मुकदर्शक बनेको स्थानीयको आरोप छ ।

पुलको संरचना वरीपरी रहेका ढुङ्गाहरु झिकेका कारण झण्डै ३० वर्ष पुरानो जिल्लाकै दोस्रो बाहुलीगाढ खोलाको झोलुङ्गे पुल बगाएको प्राविधिकहरु बताउँछन् । दुइ वर्ष अघि श्रावणमा बाहुलीगाढ खोलामा गएको बाढीले आसपासका ४०/५० वर्ष पुराना घरपसलहरु र सदरमुकामको केही जग्गा समेत बगाएको थियो । बाहुलीगाडमै रहेको रहेको सदरमुकाम जोड्ने एक मात्र मोटरेवल पुलको वरीपरीबाट नदीजन्य पदार्थ निकाल्ने क्रम तिब्र भएका कारण उत्त पुलमा पनि जोखिम बढ्दै गएको प्रती प्राविधिकहरुको चिन्ता छ ।

 

‘नदीमा निमार्ण भएका संरचना वरीपरीका ढुङ्गाहरु झिक्दा नदीको सतह घट्दै (स्कोरिङ हुदै) जाने हुन्छ । पुल लगायतका संरचनाको डिजाइन गर्दा सतह घट्छ भन्ने अनुमान गरिएको हुदैन ।’ जिल्ला प्राविधीक कार्यालयका प्रमुख नृपराज जोशीले भने ‘लगातार नदी जन्य पदार्थको दोहनले यस्ता संरचनामा बाढीको जोखिम बढ्दै गइरहेको छ ।’

यसलाई तत्काल व्यवस्थीत गर्न जरुरी रहेको उनको भनाइ छ । बाउली खोला र सेती नदी बाट बालुवा गिट्टी ढुङ्गा जथाभावि ढंगले उत्खनन् गरी केही ब्यापारी तथा ठेगदार र केही स्थानीय बासिन्दाहरुले विक्री समेत गर्ने गरेको स्थानीय बासिन्दा रमेश केसीले बताए ।

नदीको सतह घट्दै जांदा आसपासका बस्तीहरुमा बाढीको जोखिम बढेको छ । विषेश गरी सेती नदी, बाहुलीगाड, कालंगागाड लगायतका नदीहरुमा नदीजन्य पदार्थको दोहन तिव्र भैरहेकाले यि नदीमा बनेका दर्जनौ झोलुङ्गे पुल बग्ने र सतह सिंचाई आयोजनाहरु बन्द हुन खतरा बढेको स्थानियहरु बताउछन । यता सदरमुकाम चैनपुर बचाउनका लागी लाखौका लगानीमा निर्माण गरीएका पर्खालहरु समेत भत्तकन सक्ने खतरामा रहेको स्थानीय बासिन्दा लक्ष्मिराज जोशीले बताए ।

यस्तै जिल्ला कै उर्वर भूमिको रुपमा चिनिएको रिठापाटाको देवल जिउलोमा लाग्ने सिंचाईकुलोको बांध समेत ७ वर्ष यता ८÷१० पटक भन्दा बढी माथी माथी सार्नु परेको रमेश धामीले बताए । जथाभावी ढुङ्गा र गिट्टी निकाल्दा खोलाको सतह घट्दै गएकोले प्रत्येक वर्ष बांध माथि सार्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।

यही स्थिती कायम रहेमा २/४ वर्षमा नै यो आयोजना बन्द हुन सक्छ’ यो सिंचाई आयोजनाले झण्डै ४० हेक्टर खेतमा सिंचाई सेवा पुर्याइरहेको छ । सेती नदीको सतह गहिरिदा सुवेडाको धौलाबगर जिउलोको झण्डै ३५ रोपनी खेत सिंचाई गर्ने धौलाबगर सिंचाई आयोजना केही वर्ष अघि वन्द भैसकेको छ ।

यसलाई नियमन गर्ने जिम्मा लिएको निकाय जिल्ला समन्वय समितिले वास्ता नगर्दा भविश्यमा ठुलो संकट निम्तने सक्ने स्थानीयले चिन्ता छ ।

नदी जन्य पदार्थको दोहनलाई नियमन गर्नका लागि नेपाल सरकारले जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला स्थित प्रमुखहरु समेत सदस्य रहने अनुगमन समितिको व्यवस्था गरेको भए पनि हाल सम्म सो समितिको बैठक समेत नबसेको निमित्त जिल्ला समन्वय अधिकारी थापाले बताए ।

‘जिल्ला भरी सबै ठाउ“मा अबैध रुपमा नदी जन्य पदार्थ उत्खनन भैरहेको छ । हामी लगतै बैठेक बसेर यसको नियमन गर्ने तयारी गरिरहेका छौ’ । उनले भने।

यस्तै यता जयपृथ्वी नगरपालिकाका नगरप्रमुख विरेन्द्रबहादुर खड्काले पनि अब बाउलीखोला र सेती नदी भित्र सेती जन्य पर्दाथ निकाल्नका लागी डेन्टर खुला गरी नियम कामनुन अनुसार अघि बढ्ने बताए । जिल्ला समन्वय समितिका संयोजक खडकबहादुर खड्कालदे पनि यो विषयमा चाँडो भन्दा चाँडो निर्णयमा पुगि नियमअनुसार अघि बढ्ने बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।