कांग्रेस अछामद्धारा जिल्ला प्रशासन कार्यालय घेराउ

label सुदूर खबर संवाददाता query_builder December, 25 2018

नमराज भण्डारी/सुदूरखबर।
अछाम, पुस १० । नेपाली कांग्रेस अछामले जिल्ला प्रशासन कार्यालय अछाममा धर्नासहित जिल्ला प्रशान घेराउ गरेको छ । पुस ४ गते उमेर नै नपुगी चौरपाटी गाउँपालिकाले कर्मचारी भर्ना गरेको थियो ।

सो कार्यको विरोध गर्दा नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई अछाम प्रहरीले पक्राउ गरेको थियो । बिना कसुर पुर्वाग्राही ढँगबाट कांग्रेस कार्यकर्तालाई पक्राउ गरेको भन्दै कांग्रेस अछामले जिल्ला प्रशासन कार्यालयमा धर्नासहित पर्दशन गरेको हो ।

पार्टी कार्यालय मंगलसेनबाट सुरु भएको ¥यालीका सहभागीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र गृह मन्त्री, प्रधानमन्त्रीका विरुद्द नाराबाजी गर्दै आफ्ना कार्यकर्ता रीहाइको मागसहित चौरपाटी गाउँपालिकाले गरेको कर्मचारीलाई रद्द गर्नुपर्ने भन्दै प्रशासन कार्यालय घेराउ गरेको हो ।

 

उमेर नै नपुगी चौरपाटी गाउँपालिकाले कर्मचारी भर्ना गरिएको भन्दै विरोधमा उत्रिएका काँग्रेस कार्यकर्तालाई प्रहरीले हिरासतमा राखेको भन्दै नेपाली कांग्रेस अछामले जिल्लामा क्रमवद्द रुपमा आन्दोलन जारी राखेको छ । कर्मचारी भर्नाको बिरुद्ध गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेपछि प्रहरीले कांग्रेसका पाँच कार्यकर्ता पक्राउ गरेको थियो ।

आन्दोलनमा पूर्व सुचना तथा संचार राज्यमन्त्री गोबिन्द बहादुर शाह, काँसेस अछामका उप–सभापति चन्द्र प्रसाद ढुंगाना, काग्रेसबाट जितेका १० वटै तहका जनप्रतिनिधिसहित कार्यकर्ताहरुले आक्रोशित रूपमा नारा लगाएका हुन् । कांग्रेस कार्यकर्ताहरुको आन्दोलनका कारण प्रशासनको सबै सेवा ठप्प भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।