मगर संग्राहालय स्थापना गर्न जोरायलमा बृहत साँस्कृतिक कार्यक्रम

label समाचार प्रकाशक query_builder December, 31 2018

झलक पाली:-सुदूरखबर ।
पुस १६, डोटी ।मगर संग्राहालय स्थापना गर्न डोटीको जोरायल गाउँपालिका २ र ४ मा पर्ने बाँजिलेकमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।
‘मगर भाषा, सँस्कृति संरक्षण–संवद्र्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्व शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने मूल नाराका साथ नेपाल मगर संघ सुदूरपश्चिम प्रदेशले सो साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रमबाट मगर जातीहरुको लोप हुँदै गएको भाषा, भेषभुषा, खाद्य परिकार, सँस्कृतिको संरक्षण–संवद्र्धन र मगर संग्राहालय स्थापनाबाट पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने नेपाल मगर संघ सुदूरपश्चिम प्रदेशका सचिवालय सदस्य महेन्द्र थापाले बताए ।
जोरायल गाउँपालिकाको मूख्य प्रायोजन तथा मालिका कन्स्ट्रक्शन एण्ड सप्लायर्स प्रा.ली., जोरायल गाउँपालिका वडा नं. २ र वडा नं. ४ को सह–प्रायोजनमा आगामी माघ १ र २ गते कार्यक्रम आयोजना हुनेछ । कार्यक्रमको व्यवस्थापनको जिम्मा जोरायल गाउँपालिका स्तरीय नेपाल मगर संघलाई दिईएको छ ।
कार्यक्रममा डोटी, अछाम, कैलाली, डडेल्धुरा र कञ्चनपुरका मगर समुदायका कलाकारहरु र राष्ट्रिय कलाकारहरुको बजोड साँगीतिक प्रस्तुती रहने जनाईएको छ । त्यस्तै मगर समुदायको भेषभुषा, खाद्य परिकार र मगर सँस्कृति कार्यक्रममा विशेष आकर्षणका रुपमा रहने छन् ।
जोरायलको बाँजिलेकमै स्थापना हुने मगर संग्राहालयका लागि जोरायल गाउँपालिकासँगै सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने नेपाल मगर संघले जनाएको छ ।
भाषाका हिसाबले काईके, खाम र मगर गरी तीन प्रकारका मगर जाती छन् भने थरका हिसाबले धेरै थरी मगर जाती रहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्