बंगलादेश प्रिमियर लिगः सन्दीपको टोलीले टस जितेर ब्याटिङ गर्दै [LIVE]

label सुदूर खबर संवाददाता query_builder January, 09 2019

काठमाडौं, पुष २५ । जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिल्हेट सिक्सर्सले आफ्नो दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको छ ।

आज सन्दीपको टोलीले चिट्टागोंग भिकिङ्ग्स खेलिरहेको छ । पहिलो खेलमा हार बेहोरेको सिक्सर्सले आज पहिलो जित दर्ता गर्ने लक्ष्यकासाथ मैदान उत्रेको छ । खेल १२ः१५ बजेदेखि शुरु हुनेछ ।

सन्दीपको टोलीमा को-को छन् ?
डेभिड वार्नरको कप्तानीमा रहेको सिलेटमा सन्दीप र वार्नरबाहेक मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अली, गुलाब्दिन नैब, मेहदी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज, नासिर होसेन, सब्बिर रहमान, सोहेल तनबिर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।