लेग स्पिनर सन्दीप लामिछानेले बंग्लादेशमा पनि उत्कृष्ट प्रर्दशनी गर्दै

label सुदूर खबर संवाददाता query_builder January, 09 2019

नेपाली युवा स्पिनर सन्दिप लामिछानेले बंगलादेशमा जारी आज बंगलादेश प्रिमियर लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखे पनि आज आफ्नो दोस्रो खेलमा विकेट लिन सकेनन्।

सिलेट सिक्सर्समा आवद्ध सन्दीले पहिलो खेलमा उत्कृष्ट डेब्यू गर्दै २ विकेट लिएका थिए। आफ्नो दोस्रो खेल खेलेका सन्दीपले चितागोङ भीकिङ्सविरूद्ध विकेट लिन नसके पनि किफायती बलिङ गरेका छन्।

उनले चार ओभर पुरै बलिङ गर्दै एक चौकासहित २१ रन खर्चिए।

आफ्नो पहिलो ओभरमा ४ रन खर्चिएका सन्दीप दोस्रो ओभरमा ३ रन मात्र खर्चिएका थिए।

यस्तै आफ्नो व्यक्तिगत तेस्रो ओभरमा ५ रन खर्चिएका उनले आफ्नो अन्तिम ओभरमा १ चौकासहित ९ रन खर्चिए।

मुस्फिकुर रहिमको कप्तानीमा रहेको चितागोङ सिलेट सिक्सर्सले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको छ।

सिलेट सिक्सर्सका लागि कप्तान डेभिड वार्नर र निकोलास पोरनले अर्धसतकीय पारी खेलेका थिए।

यसअघि पहिलो खेलमा साहिद अफ्रिदीको कप्तानीमा रहेको कोमिल्ला भिक्टोरियन्ससँग ४ विकेटले पराजित भएको सिलेटलाई आजको खेल जित्नैपर्ने हुनसक्छ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।