वैदेशिक रोजगारीका क्रममा एक वर्षमै ८७८ नेपालीको मृत्यु

label सुदूर खबर संवाददाता query_builder January, 10 2019

काठमाडौं, पुस २६ । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ ।

अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको मूख्य कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । एक वर्ष यतामात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् ।

नेपाली दूतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२, साउदी अरबमा २ सय ८, कतारमा १ सय ४१, यूएईमा १ सय ३, कुवेतमा ४८, दक्षिण कोरियामा २६, ओमनमा ११, बहराईनमा १०, जोर्डनमा ४, इजरायलमा ३, युगाण्डा र नाइजेरियामा एक–एक नेपालीको ज्यान गएको छ ।

  • कान्तिपुर दैनिकबाट
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।