कक्षा १२ पास नगर्नेलाई गाउँपालिकाको सेवा रोक्का

label सुदूर खबर संवाददाता query_builder January, 10 2019

रोल्पा, पुस २६ । सुनिल गाउँपालिकाले महत्त्वकांक्षी योजना ल्याएको छ। आफ्नो क्षेत्रको शैक्षिक स्तर सुधारका लागि भन्दै उक्त गाउँपालिकाले कक्षा १२ उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने निर्णय गरको हो।

‘अब यस गाउँपालिकाभित्र अध्ययन गर्ने हरेक विद्यार्थीले अनिवार्य रुपमा कक्षा १२ उत्तीर्ण गर्नुपर्नेछ। यदि बीचमै पढाइ छाडेको पाइए गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा कटौती गर्नेछौं,’ गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीते भने।

यदि कोही घरको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसक्ने छ भने उसका वडा वा गाउँपालिका कार्यालयमा निवेदन दिए कक्षा १२ सम्म पढाउने जिम्मा आफूहरुले लिने अध्यक्ष घर्ती बताएको समाचार नागरिक दैनिकमा छ।

प्रत्येक वडामा कक्षा १२ सम्म विद्यालय सञ्चालन गर्ने तथा गाउँपालिकाभित्र एउटा क्याम्पस स्थापना गर्ने तयारी भइरहेको स्मृति गाउँपालिकाले जनाएको छ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।