आज शुक्रबार, शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ पौष २७ गते शुक्रबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। #जय_दक्षिणकालीमाई !!

label सुदूरखबर संवाददाता query_builder January, 11 2019

आज शुक्रबार, शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ पौष २७ गते शुक्रबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। #जय_दक्षिणकालीमाई !!

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल पुष २७ गते शुक्रबार नेपाल सम्बत ११३९ पोहेलाथ्व तदनुसार सन् २०१९ जनवरी ११ तारिक शुक्लपक्ष पञ्चमी तिथि अपरान्ह ४ वजेर १६ मिनेटसम्म उप्रान्त षष्ठी तिथि,पूर्वभाद्रा नक्षत्र २८ गते विहान ५ वजेर ३७ मिनेटसम्म उत्तरभाद्रा नक्षत्र, वरियनयोग, बालवकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य धनु राशीमा,चन्द्रमा राती ११ वजेर ६ मिनेटसम्म कुम्भ उप्रान्त मीन राशीमा ।

मुहूर्त
राहुकालः–अशुभ विहान १० वजेर ५३ मिनेटबाट मध्यान्ह १२ वजेर १२ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह २ वजेर ४९ मिनेटबाट ४ वजेर ७ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ८ वजेर १६ मिनेटबाट ९ वजेर ३४ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ९ वजेर ३ मिनेटबाट ९ वजेर ४५ मिनेटसम्म र मध्यान्ह १२ वजेर ३३ मिनेटबाट अपरान्ह १ वजेर १४ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५१ मिनेटबाट मध्यान्ह १२ वजेर ३३ मिनेटसम्म रहनेछ ।

दिन बार बेला
सूर्योदयबाट प्रातः ८ वजेर १६ मिनेटसम्म चर वेला,८ वजेर १६ मिनेटबाट ९ वजेर ३४ मिनेटसम्म लाभ वेला,९ वजेर ३४ मिनेटबाट १० वजेर ५३ मिनेटसम्म अमृत वेला,१० वजेर ५३ मिनेटबाट १२ वजेर ११ मिनेटसम्म काल वेला,१२ वजेर ११ मिनेटबाट १ वजेर ३० मिनेटसम्म शुभ वेला,१ वजेर ३० मिनेटबाट २ वजेर ४८ मिनेटसम्म रोग वेला,२ वजेर ४८ मिनेटबाट ४ वजेर ७ मिनेटसम्म उद्वेग वेला र ४ वजेर ७ मिनेटबाट सूर्यास्तसम्म चर वेला रहनेछ ।

रात्री बार बेला
सूर्यास्तबाट ७ वजेर ८ मिनेटसम्म रोग वेला,७ वजेर ८ मिनेटबाट ८ वजेर ५० मिनेटसम्म काल वेला,८ वजेर ५० मिनेटबाट १० वजेर ३१ मिनेटसम्म लाभ वेला,१० वजेर ३१ मिनेटबाट १२ वजेर १३ मिनेटसम्म उद्वेग वेला,१२ वजेर १३ मिनेटबाट १ वजेर ५४ मिनेटसम्म शुभ वेला,१ वजेर ५४ मिनेटबाट ३ वजेर ३५ मिनेटसम्म अमृत वेला,३ वजेर ३५ मिनेटबाट ५ वजेर १७ मिनेटसम्म चर र ५ वजेर १७ मिनेटबाट सूर्योदयसम्म रोग वेला रहनेछ ।

मेषः–

हिसाव किताव गरेर काम गर्नु होला दिन सामान्य अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तबाट बोलीको मात्र होइन व्यवहारिक सहयोग पनि पाईनेछ । विरोधीहरु कमजोर बन्नेछन् । नोकरी तथा राजनीतिबाट फाइदा लिन सकिनेछ । काममा ढिला सुस्ति नगर्नु होला ।

वृषः–

कार्य क्षमता बढ्नेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । इज्जत प्रतिष्ठा वृद्धि हुने खालका काम हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु समर्थनमा आउने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग सल्लाहा सुझाव मिल्नेछ ।

मिथुनः–

धर्म कर्म तिर मन जानेछ । अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । खानपानमा ध्यान दिनुहोला नत्र स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । पढाई लेखाईमा भने थोरै प्रगति हुनेछ ।

कर्कटः–

दिन प्रतिकुल देखिन्छ । वचाएर राखेका पौराणिक कुरा नष्ट हुनसक्छन् सचेत रहनु होला । सयोग गर्ने भन्द खुट्टो तान्नेको संख्या बढि हुनेछ । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिनेछ । मानसिक तनाव बढ्न सक्छ । जोखिम मोलेर नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

सिंहः–

समयको उपयोग गर्नु होला पछि यो समय आउने छैन । आयत निर्यात व्यापार व्यवसायबाटबाट लाभान्वित हुनुहुनेछ । आर्जित धनलाई वचतमा परिणत गर्न गाह्रो हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभ मोह बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । पढाई लेखाईमा खासै प्रगति हुने छैन ।

कन्याः–

बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । हेलचक्र्याई भयो भने उपलब्धि गुम्नेछ । विरोधीको सामना गर्नु पर्नेछ । गोपनियता अप्नाएर कार्य योजना अगाडि बढाउनु होला । स्त्री एवं सन्तानको चिन्ताले छोड्ने छैन । मेहनतका साथ गरेका काम सफल हुनेछन् । संघर्षबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

तुलाः–

समयमा पूर्ण सुधार देखिदैन तर समस्या भने केहि घट्ने छन् । सवैलाई आफ्नो ठान्नु धोका हुनसक्छ । दूर्जनका कारण धन खर्च हुनेछ । पढाई लेखाईमा मन जानेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सन्तान सुख कम मिल्नेछ । स्त्रीको सहयोग लिएर काम गर्दा केहि सहज हुनेछ । घर वाहिर बढि आनन्द मिल्नेछ ।

वृश्चिकः–

समय सहज देखिदैन । शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । अनावस्यक विषय बस्तुमा समय खेर जानेछ । खर्चालु काम धेरै गर्नु पर्ला । घरयासी प्रयोजनको लागि समान खरीद हुनेछन् । आहार विहारका कारण स्वास्थ्यमा खरावी हुनसक्छ । आस्था र विश्वास घट्न सक्छ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

धनुः–

ग्रह गोचर ठीकै देखिन्छ । उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर पर्दा उपलब्धि थोरै हुनेछ तस्मात् आफ्नो काम आफै गर्नु होला । पढाई लेखाई मन्द रहनेछ । सहयोग गर्ने भन्दा कुरा काट्ने बढि हुनेछन् । राजनीतिमा धेरै चासो नदिनु होला । आर्थिक कारोवार गर्दा चनाखो हुनुहोला ।

मकरः–

समय मध्यम खालको देखिन्छ । हेलचक्र्याई कहि कतै नगर्नु होला । ऋण लगानी नगर्नु होला पछि उठाउन गाह्रो हुनसक्छ । इष्टमित्र साथी भाईमा अल्प प्रेम होला । हृदयबाट सहयोग गर्ने कमै हुनेछन् । विवाद देखि टाढा बसी आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यापारबाट थोरै आम्दानी हुनेछ ।

कुम्भः–

काम गर्ने उत्साहा घट्ने छैन । काममा देखिएका समस्या कम भएर जाने छन् । फजुल खर्चमा कमी आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आम्दानी खर्च बराबरै जस्तो हुनेछ । वचतमा जोड दिनुहोला । भोज भतेर,धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । नोकरी तथा राजनीतिमा अधिकारको खोजी हुनेछ ।

मीनः–

समयले साथ कम दिनेछ । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । पढाई लेखाईमा खासै प्रगति हुने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ । परिवारको स्वस्थ्यमा समस्या आउनेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।

तपाईंको प्रतिक्रिया दिनुस्