इजलास कक्ष स्थापना हुन सकेनन्

label सुदूरखबर संवाददाता query_builder January, 11 2019

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, पुस २७ । बैतडीका स्थानीय तहका न्यायीक समितीहरुले अहिलेसम्म पनि इजलास कक्ष स्थापना गर्न सकेका छैनन् । न्यायीक समितीमा अलग्लै इजलास कक्ष स्थापना गर्ने कानुनी प्रावधान भएपनी यहाँका कुनै पनि न्यायीक समितीले अझै पनि कानुनी कक्षको स्थापना हुन नसकेका हुन् ।

६ गाउँपालिका र ४ नगरपालिका गरी १० वटा स्थानीय तह रहेको बैतडीमा अहिलेसम्म कुनै पनि स्थानीय तहका न्यायीक समितीहरुले इजलास कक्षको स्थापना गरेका छैनन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाले इजलास कक्ष स्थापना गर्न नसकेको न्यायीक समिती संयोजक एंव गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।

उनले भनिन्–‘छुट्टै इजलास कक्ष नहुदा न्यायीक समितीमा आउने मुद्धाहरुमा छलफल गर्नको लागी समस्या हुने गरेको छ ।’ यस्तै दशरथचन्द नगरपालिकाको न्यायीक समितीको पनि छुट्टै इजलास कक्ष नभएको न्यायीक समिती संयोजक तथा नगर उपप्रमुख मिना चन्दले बताइन् ।

उनले भनिन्–‘न्यायीक समितीमा इजलास कक्षको व्यवस्था नहुदा आफ्नै कार्यकक्षमा समितीमा आउने मुद्धाहरु माथी छलफल गर्ने गरेको छौं ।’ पुर्चौर्डी नगरपालिकाको न्यायीक समीती पनि इजलास कक्ष विहीन रहेको समिती संयोजक जानकी बमको भनाइ छ ।

यस्तै पाटन, मेलौली नगरपालिका शिवनाथ, पञ्चेश्वर, डिलाशैनी, सिगास, सुर्नया र शिवनाथ गाउँपालिकाहरुका न्यायीक समिती पनि इजलास कक्ष विहीन अवस्थामै कार्य सम्पादन गरीरहेका छन् ।

ईजलास कक्ष बिना न्यायीक समितीमा आउने मुद्धाहरुमा छलफल गर्न समस्या भइएरहेको न्यायीक समिति संयोजकहरुले बताएका छन् । छुट्टै कानुनी इजलास कक्ष नहुँदा सेवाग्राहीलाई पनि सेवा लिन असहज हुने गरेको छ ।  गाउँ तथा नगरपालिकाका न्यायीक समितीहरुले छिट्टै कानुनी इजलास कक्षको व्यवस्था गर्ने जनाएका छन् ।

तस्वीर: दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष एवं न्यायीक समिती संयोजक पार्वती कार्की।

तपाईंको प्रतिक्रिया दिनुस्