कैलालीमा ८ महिने शिशुको शव फेला

label सुदूर खबर संवाददाता query_builder January, 11 2019

धनगढी, २७ पुस । कैलालीको फुलवारीमा ८ महिने शिशुको शव फेला परेको छ ।

धनगढी उप महानगरपालिका–१८ फूलवारी ‘ए’ गाउँमा बाँसको झाडीमा बेवारिसे शिशुको शव फेला परेको हो । झण्डै ७/८ महिनाकोे बच्चा झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरी शिशुको शवको पोष्टमार्टमको लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको रहेको डिएसपी हरि वलीले जानकारी दिए।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।