वडा अध्यक्ष भट्टले बाँडे २५० ज्येष्ठ नागरिकलाई न्यानो लुगा

label सुदूर खबर संवाददाता query_builder January, 11 2019

अत्तरिया, पुस २७ । कैलालीको गोदावरी नगरपालिका वडा नं १ का अध्यक्ष शर्मानन्द भट्टले ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेका छन् ।

चिसो मौसमलाई मध्यनजर गरी वडा नं १ का अध्यक्ष भट्टले २ सय ५० जना ज्येष्ठ नागरिकलाई चिसोबाट बच्नकोलाई न्यानो कपडा (बल्याङ्केट) वितरण गरेका हुन् ।

उनले आफ्नो सेवा सुविधा वाफत नगरबाट पाएको रकम बराबरको २ सय ५० जनालाई न्यानो कपडा बितरण गरेको बताए ।

सबै नागरिकहरूले चिसोमा न्यानोसँग बस्न पाउन र ज्येष्ठ नागरिकको मनोबलमा सकारात्मक सोचको विकास र ज्येष्ठ नागरिकले पनि जनप्रतिनिधि भएको अनुभूति गर्न पाउन भन्ने उदेश्यले ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितिरण गरेको बताए ।

वडा अध्यक्ष भट्टले आफू सधैँ जनताको सेवामा लाग्ने र आउँदा दिनहरूमा पनि आफूलाई यहाँसम्म पुर्याउने जनताहरूको सेवा तथा सुविधाको लागी कसैसंग सम्झौता नगर्ने समेत प्रतिबद्धता गरे ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।