एकीकरण भएको १६ महिनामै फुट्यो विवेकशील साझा पार्टी

label सुदूर खबर संवाददाता query_builder January, 11 2019

 काठमाडौं, पुस २७ । एकीकरण भएको करिब १६ महिनामै विवेकशील साझा पार्टी फुटेको छ। वैकल्पिक पार्टीका रूपमा हेरिएको विवेकशील साझा पार्टीका संयोजकमध्येका एक उज्वल थापाले शुक्रबार आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता गराएका हुन्।

संयोजक थापा दुई सांसदसहित नयाँ दल दर्ता गराउन आएको निर्वाचन आयोगले पुष्टी गरेको छ। नयाँ पार्टीको नाम विवेकशी नेपाल दल प्रस्ताव गरिएको छ।

विवेकशील साझाका प्रदेश ३ बाट दुई सांसद विराज भट्ट श्रेष्ठ र पौडेल छन्। केही दिनअघि मात्रै पार्टीभित्र व्यापक सुघार गर्नुपर्ने माग गर्दै संयोजक थापाले सदस्यहरूलाई १६ बुँदे प्रतिवेदन बाँडेपछि असन्तुष्टि सतहमा आएको थियो।  १८ पृष्ठ लामो प्रतिवेदनमा साझा पार्टी गलत बाटो तर्फ गएको संयोजक थापाले निष्कर्ष निकालेका थिए।

त्यसलगत्तै, विवेकशील साझा पार्टीमा पूर्वविवेकशील समूहको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार गरिएको थियो। पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा गत मंगलबार बसेको संयोजन समितिको बैठकले दुई जनसंगठन गठनसमेत गरेको थियो।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।