दिल निशनी मगरलाई मिना ढकालले दिइन मुख भरीको यस्तो कडा जवाफ ( हेर्नुहोस भिडियोसहित)

label सुदूरखबर संवाददाता query_builder January, 11 2019

काठमाडौं। सामाजिक संजाल फेसबुकमा आफूबारे विवादास्पद टिप्पणी गरेका पत्रकार दिल निशानीलाई मिना ढकालले जवाफ दिएकी छिन् । उनले दिन निशानीलाई सम्बोधन गर्दै उनका कुरा ‘सानातिना’ भएको टिप्पणी गरिन् । उनले निशानीका विवादित यस्ता स्टाटसलाई लक्षित गर्दै ‘मलाई यस्ता सानातिना कुराले कुनै फरक पार्दैन’ भनिन् । युट्युब च्यानल पिएनपी मिडियालाई दिएको अन्तरवार्तामा उनले दिल निशानीको कुराले आफूलाई माया गर्नेहरुको चित्त दुखेको बताइन् ।

दिन निशानी बेलाबेलामा यस्ता विवादित पोस्टका कारण चर्चामा आइरहन्छन् । उनले फेसबुकमा मात्र नभइ ट्वीटरमा समेत यस्ता विवादित टिप्पणीहरु गर्ने गरेका छन् । यद्यपि यस्ता पोस्टमा उनीमाथि निकै भद्दा टिप्पणी र गालीगलौज आउने गरेको छ । पछिल्लो समय मिना ढकाल समेत सामाजिक संजालमा चर्चाको विषय बनेकी छिन् । उनका केही कामहरु पछिल्लो समय विवादमा पनि तानिएका छन् । हेर्नुहोस् मिना ढकालले पिएनपि मिडियालाई दिएको अन्तरवार्ता –

तपाईंको प्रतिक्रिया दिनुस्