एक महिलाको घना जँगलमा बाघसँग जम्काभेट हुँदा :डेढ घण्टा आँखआ जुधाएर उभिएपछी भयो …

label सुदूर खबर संवाददाता query_builder January, 11 2019

एजेन्सी । भारतमा आफ्नो ज्यान जोगाउन एक महिलाले डेढ घण्टासम्म बाघसँग आँखा जुधाएर अभिएकी छन् । भारतमा फरेस्ट रेन्जमा कार्यरत ति महिला वनरक्षकले जनावरको गणना गर्न जाँदा बाघसँग जम्काभेट भएको हो । पञ्जाको छाप पछ्याउँदै जाँदा उनी एक खोल्सोनजिक पुगिन् । त्यहाँ १० मिटरको दूरीमा एउटा बाघ बसिरहेको थियो ।

बाघ उनलाई देखेर गर्जियो तर उनले टसमस गरिनन् । डेढ घन्टासम्म उनी बाघसँग आँखामा आँखा जुधाएर उभिरहिन् । घटना मध्य प्रदेशको होशंगाबादमा भएको हो । त्यहाँको सतपुडा टाइगर रिजर्भमा कार्यरत सुधा धुर्वे मंगलवार बिहान बाघको सामना गर्दै डेढ घण्टासम्म अडिग रहिन् ।

बाघले उनलाई तर्साउनका लागि गर्जन गरिरहेपनि सुधाले तालिमलाई याद गरेर टसमस नगरिकन उभिइन् । डेढ घण्टापछि बाघ त्यहाँबाट हिँड्यो । सुधासँग दुई चौकीदार पनि थिए ।

एक चौकीदारले भाग्ने कोशिश गर्दै कदम पछि हटाउँदा बाघले आक्रमण गर्ने मुद्रा देखायो । त्यसपछि तीनैजना त्यहाँ मूर्ति जस्तो नचली उभिरहे ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।