पृथ्वी जयन्तिको अवसरमा पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यले सबैको आँख‍ामा आशु खस्यो : यसरी भए सबै भावुक

label सुदूरखबर संवाददाता query_builder January, 11 2019

पूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् । उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपूतहरुको उत्सर्ग विर्संदा देश आज ‘सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रेको दाबी समेत गरेका छन् । शाहले पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीका अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले नेपाली राष्ट्रिय एकताका प्रवद्र्धक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभअवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना समेत व्यक्त गरेका छन् । एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हूंदैन । भुलेर, अलमलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ’ शाहले जारी गरेको शन्देशमा उल्लेख छ ।

उनले बडामहाराजाधिराजको दिव्य उपदेशको औचित्य स्मरण गराउँदै उक्त दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घातप्रतिघातको कालो बादल मडारिएको बताएका छन् । एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद वा विचार हुन नसक्ने भन्दै उनले नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पू(याउने, अनूशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँुदैन भन्ने आफ्नो मान्यता रहेको बताएका छन् ।

‘नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिँड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुने विश्वास हामीले गरेका छौँ’ पूर्व राजा शाहले भनेका छन् ।

स्वदेश नेपालबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह ९वि।सं।१७७९(१८३१० शाहबंशीय राजा थिए। स(साना राज्यहरुमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। नेपालमा २००७ सम्म त राणा शासन थियो ।

जब प्रजातन्त्र आयो । त्यसपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्बीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गरेका थिए । त्यो भन्दा पहिले पनि मनाइन्थ्यो होला तर राणा परिवारमा कसरी मनाइन्थ्यो त्यो कुरो थाहा भएन । जनताको सहभागिता थिएन ।

२००९ सालदेखि योगी नरहरीनाथले सरकारसंग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरेको हो । योगीजीले त्यो प्रयास नगरेको भए पनि पृथ्वी जयन्ती त हुन्थ्यो होला तर कुन रूपमा हुन्थ्यो त्यो यसै भन्न सकिदैन । तर, संस्थापक रूपमा यसको प्रारम्भ योगी नरहरीनाथकै अग्रसरतामा भयो । योगी जतिन्जेल बाँचे रास्ट्रहित कै कार्य गरेर बाँचे । प्रत्येक वर्ष पृथ्वी जयन्तीको दिनमा एउटा न एउटा कार्यक्रम गरेर सबै नेपालीले मनाएका छन् ।

पृथ्वीनारायण शाह ले ससाना क्षेत्र जस्तै ९भिरकोट, कास्की, लम्जुङ्ग गोरखा० मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू(भाग नेपाल अधिनस्थ थियो।

नेपालको इतिहासका शीर्षस्थ एवम् श्रदेय पुरूष पृथ्वीनारायण शाहले वि।सं। १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे।

तपाईंको प्रतिक्रिया दिनुस्