अत्तरियामा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सब २०७५’ सुरु, प्रदेश प्रमुख मल्लद्वारा उद्घाटन

label सुदूर खबर संवाददाता query_builder January, 11 2019

अत्तरिया, पुस २७ ।
“सम्बृद्ध सुदूरपश्चिमको आधार कृषि, पर्यटन र ब्यापार” भन्ने मुल नाराका साथ सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा आजदेखी ‘सुदूरपश्चिम प्रादेशिक महोत्सब २०७५’ सुरु भएको छ । आजबाट शुरु भएको महोत्सब एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले गर्नु भएको हो । उद्घाटन कार्यक्रममा आफ्नो छोटो शुभकामना मन्तब्य दिँदै प्रदेश प्रमुख मल्लले यस क्षेत्रको पर्यटन विकासमा महोत्सबको महत्वपुर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सांसद चुन कुमारी चौधरीले अब अत्तरिया सुदूरपश्चिम प्रदेशको राजधानी भएकोले औद्योगिक लगानी भित्रीले विश्वास व्यक्त गर्नु भयो । यहाँका जनताको चाहाना बमोजिम प्रदेशको राजधानी गोदावरी भएको छ । उहाँले भन्नु भयो- ‘यो क्षेत्रको विकासका लागी आफुहरु सधै लागीरहनेछौ ।’ त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण बहादुर हमालले अत्तरिया उद्योग बाणिज्य सँघले गरेको कार्यको प्रशंशा गर्नु भयो । उहाँले भन्नु भयो – ‘महोत्सवको माध्यमबाट यस क्षेत्रको विकासलाई उजागर गर्नु राम्रो हो ।’

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख हरी सिँह सावंदले नगरपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको विकासका लागी निजि क्षेत्रको भुमिका महत्वपुर्ण रहने बताउनु भयो । गोदावरी नगरपालीका हरेक दृष्टिकोणले महत्व राख्ने नगरपालिका भएकोले यस क्षेत्रको विकासका लागी आफुहरु लागी परेको र विकासका कामका लागी नगरपालिका उद्योग बाणिज्य संघ सगँ सँगै हिड्न तयार रहेको समेत प्रष्ट पार्नु भयो ।

त्यस्तै अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष आशोक राज देवकोटाले प्रदेश सरकारले स्थायी राजधानी गोदावरी तोकेपछी रमाईलोका लागी मात्र नभएर यस क्षेत्रमा ब्यबसायीक लागनी गर्नु सुरक्षित रहेको सन्देश दिनको लागी महोत्सब सफल हुने विश्वास व्यक्त गर्नुभयो । : उहाँले भन्नु भयो -‘ यस क्षेत्रको कला संस्कृतिको जगेर्नाका साथै ब्यबसायिक लगानी भित्रयाउन महोत्सब सफल हुने बताउनु भयो ।

महोत्सबको उद्घाटन गर्नुपहिले यस क्षेत्रका कला, संस्कृती,रितिरिवाज, भेषभुषा सहित बाजागाजा र झाकिले अत्तरिया बजार परिक्रमा गरिएको थियो । उक्त उद्घाटन कार्यक्रममा यस क्षेत्रको विकासमा योगदान पुर्‍याउने बिभिन्न व्याक्ति, पुर्व कार्यसमितिका सदस्यहरुलाई सम्मान गरिएको थियो । यस्तै सुदूरपश्चिमका सान नेपाल आईडल सिजन २ का बिजेता रवि उडलाई पनि सम्मान गरिएको थियो ।

 

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।