माघ २८ गते धनगढीमा आउने भए ख्याति प्राप्त कलाकार

label सुदूर खबर संवाददाता query_builder January, 11 2019

कैलाली, २७ पुस ।

माघ १८ गते देखी फागुन २ गते सम्म ‘सप्तरङ्ग’ एक पृथक सांगितिक यात्रा हुने भएको छ। गृष्मा ब्रोडकाष्टिड. प्रा.लीको आयोजनामा सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरुको छनोट गरिएको छ ।

कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट समाबेश छ्न् ।

‘सप्तरङ्ग’ माघ १८ गते दमकबाट सुरु हुनेछ । यसपछि, माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ । कार्यक्रममा उपस्थित हुनका लागि दर्शकले कुनै शुल्क तिर्नुनपर्ने आयोजकले बताएको छ ।

सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धन र सम्भावनाको खोजी गरिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।