चर्चित गायिका तथा मोडेल सरस्वती आज नेपालगञ्ज महोत्सवमा आउँदै

label समाचार प्रकाशक query_builder January, 12 2019

नेपालगन्ज,२८ पुस।नेपालगन्जमा जारी महोत्सवमा शनिवार पनि राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन् ।

आज शनिवार गायिका तथा मोडल सरस्वती लामा सुरज थापा र सुमन गिरीले आफ्नो प्रस्तुती दिने प्रचारप्रसार समितिका संयोजक सुनिल रेग्मीले जानकारी दिएका छन्।
महोत्सवमा गायक चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्रि परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अन्जली अधिकारी सुमन गिरी लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजक टिमले जानकारी गराएको छ । आज पनि पहिलो चरणको डान्स प्रतियोगिता जारी रहने छ ।

महोत्सव टिमका संयोजक बुढाले दुई किसिमको टिकट दर रेट रहेको जानकारी गराउँदै महोत्सवमा ५० रुपैया र विद्यार्थीका लागि ४० रुपैया टिकट दररेट राखिएको जनाउनुभयो । महोत्सवमा १ सय ५० भन्दा बढि स्टलको छ । महोत्सव अवधिभर १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्