पहिरोको चपेटामा सौनगाउँको दलित बस्ती

label सुदूर खबर संवाददाता query_builder January, 12 2019

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, पुस २८ । वर्षौदेखिको पहिरोले बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ६ सौनगाउँ दलित बस्ती जोखिममा परेको छ ।

२०३९ सालमा खस्न सुरु भएको पहिरो वर्षेनि जाने भएको दलित बस्ती चपेटामा पर्दै आएको छ । हरेक वर्ष बर्षातको समय र हिउँदको समयमा समेत सुख्खा पहिरो खस्ने गरेको स्थानीय शिवराम लुहारले बताए ।

बर्षातको समयमा पहिरो बग्ने र हिउँदमा समेत जमीनमा चीरा परेर पहिरो खस्ने गरेको छ उनले भने–‘सो गाउँका ४७ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छौं ।’ बर्षातमा पहिरो र हिउँदमा सुख्खा पहिरो गईरहने भएकोले समस्या हुँदै आएको छ ।

आफूहरुसंग भएको सबै जमीन पहिरोले बगाईसकेपछि अब घर बनाउन समेत जमीन बाँकी नरहेको स्थानीय गोजे लुहारले बताए । आफूहरुले आफ्नो पीडाका बारेमा वडा, स्थान्ीय र प्रदेश सरकारलाई समेत जानकारी गराईसकेको भएपनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो रहेको छ ।

पहिरोका कारण बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेकोे छ । २०३९ सालमा खसेको पहिरो बाह्रै महिना खस्ने गरेको छ । बालबालिकालाई विद्यालय जान समेत समस्या हुने गरेको छ । विद्यालय जान समेत बालबालिका डराउने गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।