बैतडीमा सात झोलुंगे पुल निर्माण हुँदै

label सुदूर खबर संवाददाता query_builder January, 12 2019

बैतडी, पुस २८ । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उद्घोष गरेको तुईन बिस्थापन कार्यक्रम बैतडीमा पनि जारी रहेको छ ।

सोही कार्यक्रम अन्तर्गत जिल्लामा चालु आर्थिक वर्षमा ७ ओटा झोलुंगे पुल बन्ने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको पूर्वाधार विकास कार्यालय बैतडीले दिएको जानकारीअनुसार सिगास गाउँपालिकामा ५, सुर्नया गाउँपालिका १ र पुर्चौडी नगरपालिकामा एक झोलुंगे पुल बन्ने छ ।

१ करोडको लागतमा सिगास गाउँपालिका घट्टेगाड झोलुंगे पुल निर्माण हुनेछ भने सुर्नया गाउँपालिकामा पनि १ करोडको लागतमा घट्टेगाड खोला झोलुंगे पुल निर्माण हुने पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर जगतप्रसाद जोशीले जानकारी दिए ।

यस्तै सिगासकै टुडेमाण्डौं दोभान झोलुंगे पुलका लागि ३० लाख बजेट विनियोजन गरिएको छ भने सिगास ९ स्थित मल्लोबाटो खोलामा पुल निर्माणका लागि १ करोड बजेट विनियोजन गरिएको छ ।

पुर्चौंडी नगरपालिकाको मल्लादेही गर्खा झोलुंगे पुल निर्माणका लागि ४० लाख, सिगास ६ स्थित थलालीगाड झोलुंगे पुल निर्माणका लागि ३० लाख बजेट विनियोजन गरिएको छ । यस्तै सिगासकै खुम्चौर पाथीमौरा झोलुंगे पुल निर्माणका लागि ६५ लाख विनियोजन गरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।