महिला टी–ट्वान्टी क्रिकेट: नेपालले चीनलाई १० विकेटले हरायो

label सुदूर खबर संवाददाता query_builder January, 12 2019

काठमाडौं, पुस २८ । थाइल्याण्ड महिला टी -ट्वान्टी स्मास क्रिकेटमा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा चीनलाई १० विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

थाइल्याण्डको बैंककमा चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा सिता राना मगरले अविजित २३ रन जोड्दा काजल श्रेष्ठले अविजित १४ रन जोडिन ।

यसअघि टस हारेर ब्याटिङ गरेको चीनले पुरै २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाएको थियो । चीनका लागि झाङ चानले १३ रन जोडिन।

चीनलाई सस्तैमा समेट्न नेपालका करुणा भण्डारीले ३ तथा नेरी थापाले २ विकेट लिईन् । सिता रानाको नाम एक विकेट रह्यो । जितसंगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले समूहमा २ अंक जोडेको छ ।

अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासंग खेल्नेछ । त्यस्तै सोमबार युएई र बुधबार थाईल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली अन्तिम ४ मा प्रवेश गर्नेछन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।