पत्रकारिता क्षेत्रमा संघीयता आएन : अध्यक्ष आर्चाय

label सुदूरखबर संवाददाता query_builder January, 12 2019

कञ्चनपुर, पुस २८ । नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आर्चायले देशमा संघीयता आयता पनि पत्रकारिता क्षेत्रमा भने अझै संघीयता नआएको बताएका छन् ।

कञ्चनपुरमा शनिबार आयोजित स्थानीय संचार माध्यामका समस्या, चुनौती र समाधानका लागि प्रदेश स्तरीय बृहत छलफल कार्यक्रममा अध्यक्ष आर्चायले उक्त कुरा बताएका हुन् ।

‘गुणस्तरीय मिडिया संचालनमा थुप्रै समस्या छन् । सरकारले वार्षिक ५ अर्ब रुपैयाँ मिडियामा लगानी गर्छ त्यसको ९५ प्रतिशितभन्दा बढी रकम केन्द्रका ठूला मिडियालाई मात्र प्रदान गर्ने गरेको छ । सुदूरपश्चिम प्रदेशलाई राज्यले समानुपातिक विज्ञापन दिनेहो भने वार्षिक २ अर्ब रुपैयाँ आउँछ ।’ उनले भने, ‘यो रकम समानुपातिक रुपमा वितरण गर्ने हो भने मौफसलमा रहेका प्रति मिडियालाई वार्षिक १० लाख रुपैयाँ पर्न जान्छ । यसले जहाँकी मिडिया ब्यवस्थापनमा महत्व पूर्ण भूमिका रहन्छ ।’ त्यसैले राज्यले वितरण गर्ने विज्ञापन नीतिमा भेदभाव रहेको उनले बताए ।

यसै गरी पत्रपत्रीका, रेडियो, टीभीलगायतका आमसंचार माध्याम दर्ता गर्न, नविकरण गर्न, उपकरण छुट सुविधा लनि केन्द्रमा धाउनुपर्ने बाध्यता रहेको उनले बताए । संविधान तह स्थानीय, प्रादेशिक र संघिय संरचना अनुसार आ–आफ्नो निकायमा काम भइरहेकाले आमसंचार माध्यामपनी तह गत रुपमा नै सेवा प्रदान गर्नु पर्नेमा उनको जोड थियो ।

साथै पत्रकारीता क्षेत्रमा नियमित ३० वर्ष काम गरेको र ६० वर्ष उमेर पुरा भएका पत्रकारका लागि पत्रकार जीवनवृती कोषको स्थापना गरीसकेको र तत्काल लागू गर्न पहल भइरहेको उनले बताए ।

कार्यक्रममा पत्रकार अशोक पाण्डेले स्थानीय र प्रादेशिक बानुन नवन्दा विकास निर्माणमा समस्या आएको बताए । सुदूरपश्चिम प्रदेशका पत्रकारीताका समस्या र सवालका बारेमा कार्यपत्र प्रस्तुत गर्दै उनले सघीयता र गणतन्त्रलाई सस्थागत विकास गर्न पत्रकारीता माध्यमको अहम भूमिका रहेकाले सो क्षेत्रको विकास गर्नका लागि सरकारले लगानी गर्नु पर्ने, संविधानले दिएका अनुसूचि ५ देखि ९ सम्मका अधिकारहरुका कसले कार्यान्वयन गर्ने भन्ने विषय स्पस्ट भएकाले सोही अनुसार कानुन निर्माण गर्नुपर्ने बताए ।

प्रेस काउन्सिल नेपालका पूर्व सदस्य ऋषीराज लम्सालीले भने, ‘संघीयता भनेको अंशवण्डा जस्तै हो शान्ति सुरक्षा, मुद्रा र परराष्ट्र नीति सम्वन्धी सबै कामकार्य संघको र बाकी अधिकार स्थानीय र प्रादेशिक तहमा हस्तान्तरण गर्नूपर्छ ।’

प्रेस काउन्सिल नेपालका उप सचिव रामप्रसाद पौडेलले प्रदेश तहबाटै पत्रकार तथा संचार गृहले सेवा सुविधा पाउनका लागि आवश्यक नितिनिर्माण भइरहेको र पत्रकारीताको विश्वसनीयता कायम गर्न सत्य तथ्य सूचना प्रकाशन तथा प्रशारण गर्नू पर्नेमा जोड दिए ।

कार्यक्रमा पत्रकार महासंघ केन्द्रिय सदस्य मिन बमले सुदूरको पत्रकारीताको विकासका लागि राज्यले लगानी गर्नु पर्नेमा जोड दिए । पत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य प्रकाश विक्रम शाहले समग्र मिडिया क्षेत्रको विकासका लागि राज्यले लगानी गर्नु पर्ने ठाउँमा उल्टै सरकारी कर्मचारीहरुले विज्ञापन दिए बाफत कमीसन लिने गरेको र काठमाडौँका मिडिया एजेन्सीले स्थानीय मिडियालाई समेत समस्या पार्ने गरेको बताए ।

सहभागि पत्रकारहरु मध्येबाट बाजुरा शाखाका पूर्व अध्यक्ष मदनराज जोशीले स्थानीय मिडियाको प्रर्वद्धनमा कसैले पनि लगानी नगरेको, मिडिया संचालन सम्वन्धी सरकारले स्पष्ट निति नल्याउदा समस्या रहनुका साथै पत्रकारीता क्षेत्र संग सम्बन्धीत निकायले समते दुर्गमका मिडिया तथा संचारकर्मीको क्षमता विकासमा समेत ध्यान नदीइ सुगम क्षेत्रलाई मात्र प्राथमिकता दिएकोमा आपती जनाएका थिए ।

कार्यक्रम प्रेस काउन्सील नेपालको सहयोगमा तथा कार्यक्रमको संयोजना नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले आयोजना गरेको थियो । कार्यक्रम प्रेस काउन्सील नेपालका सदस्य संगिता खड्काको अध्यक्षतामा भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्