मनछुने अति नै मार्मिक कथा नरोई मन थामेर हेर्नुहोस : मन परे शेयर गरेर अरुलाई पनि पढ्ने मौका दिनुहोस

label समाचार प्रकाशक query_builder January, 13 2019

अति नै मार्मिक कथा मन थामेर नरोई पढ्नुहोस् ! मनपरेमा शेयर गरि अरुलाई पनि पढ्ने मौका दिनुहोस् र

एक सुन्दर जोडि थिए ! केटा र केटि धेरै बर्ष माया प्रेम बसे पछि विवाह गर्छन , विवाह पछि त झन माया प्रेम पनि धेरै बड्दै जान्छ,दुबै जना धेरै नै खुशि र एक सुखि परिवारका साथ रमाउदै जिवन निर्वाह गरि रहेका हुन्छन। बिहान बेलुका श्रीमती पुजा पाठ गर्न गरेर सधै आफ्नो पतिको लामो आयु होश भनि भगवानसग प्रार्थना गर्थिन।

अनि श्रीमान भने दिन भरि काम गरेर आउथे , दिन भरि मजदुरी गरेर एक नया जिबनको नया सुरुवात श्रीमतीलाई खुशि राख्ने पतिको सोच थियो। एकदिन बिहानै केटा काममा जान्छ।तर बेलुका साझ परिसक्दा पनि फर्कदैन।

श्रीमान घर नफर्के पछि केटि धेरै आत्तिन्छिन,धेरै पल्ट फोन try गर्छिन तर मोबाईल Switch Off हुन्छ , रात भरि आफ्नो श्रीमान आउने आशामा ढोकामा बसेर कुरी रहन्छिन ,

भोलीपल्ट बिहानको 7 बजे पछि केटा घर आउछ, तब श्रीमतीलाई उसले ढोकामै देख्छ।अनि श्रीमानले भन्छः किन रुदै ढोकामा बसेकि नि, आऊ उठ भित्र जाऊ ,

अनि श्रीमतीले भन्छिनः तपाई रात भरि कहा जानु भएको थियो र..?

श्रीमान केहि नबोलि कोठा तिर जान्छ र सुत्छ। भोली पल्ट श्रीमतीले भन्छिनः ए हजुर!! काममा जानु हुन्न ?

श्रीमान झर्केर बोल्छ कि तलाई के को मतलब!! दिन बित्दै जान्छ.. र घरमा पनि झगडा बढ्दै जान्छ ,

एक महिना पछि , केटाले केटिसग Divorce माग्छ , तर केटीले मान्दिनन ,श्रीमतीले नमाने पछि , केटाले जबरजस्ती उनलाई Divorce Paper मा Sign गर्न लाउछ।त्यसपश्चात केटाले घर छोडेर जान्छ।

श्रीमान आउने आशामा केटि दिन रात रुदै बस्छिन, तर केटाको कुनै अत्तोपत्तो चल्दैन।एक पेट पाल्न भए पनि केटिले एक अफिशमा काम खोजेर काम गर्छिन।एक बर्ष पछि ,

केटी सगै को अफिशमा एक काम गर्ने केटाले केटीलाई प्रेम प्रश्ताव राख्छ ,केटि पनि मजबुर थिइन।यति लामो जिन्दगी एक्लै त जिउन सकिदैन भनेर बिहेको लागि राजी हुन्छिन।तर केटिको मनमा पहिलेको केटाको लागि अझै माया रहेको हुन्छ।

विवाहको दिन अफिशको केटासग केटि को विवाह हुदै थियो । बिहेको मन्डपमा पन्डित मन्त्र पढदै थिए, अनि केटाले केटीको सिउदोमा सिन्दुर लगाई सके पछि , अचानक ,एक पागल जस्तो केटा दाह्री पनि लामो लामो पालेको, कपाल पनि जिग्रिङ्ग परेको हातमा थालि बोकेर बिहेको मन्डपमा आयो ।

अनि एक भगवानको मुर्ति र पत्र केटीको हातमा दिएर गयो ,केटि अचम्ममा परिन, केटिले त्यो पागलले दिएर गएको एक मुर्तिलाई हेर्दै आखा भरि आशु पारिन किन कि त्यो मुर्ति पहिलाको केटालाई उनले मायाको चिनो स्वरुप दिएकि थिइन।अनि केटीले पत्र खोलेर पढ्न लाग्छिन।।

पत्रमा लेखिएको थियो ..
मेरो प्राण भन्दा प्यारी मेरी सानु ,म तिमीलाई अझै पनि धेरै माया गर्छु। म चाहान्थे कि तिमी मेरो हैन अरु कसैकि बन भनेर किन कि मलाई क्यान्सर छ ! जुन दिन तिमी रुदै ढोकामा बसिकि थियौ।त्यहि दिन म काम गर्ने ठाउमा काम गर्दै गर्दा मुख बाट रगत निक्लन पुग्यो र त्यस पश्चात म डाक्टरलाई जचाएर रिपोर्ट हेर्दा मलाई क्यान्सर छ भनेर डाक्टरले भने।

त्यसैले म टेन्सनले घर पनि गईन।म एक दिन घर नजादा त तिमी रात भरि छटपटियौ भने म संसारबाट बिदा हुने बेला तिम्रो हालत कस्तो होला..?? म यो ससारबाट टाढा हुदैछु , सानू तर अब तिमीले आफ्नो नया जिबन सुरुवात गर्दैछौ ,म कति नै दिन बाच्छु होला र..??
त्यसैले तिम्रो जिवनमा म थिए भनेर कहिल्यै नसोच्नु ल। माया पाउनु मात्र हैन गुमाउनु पनि माया हो , पिलिज मलाई खोज्ने कोशिश नगर्नु । उहि तिमीलाई माया गर्ने अभागीबाट अन्तिम बिदा
केटि Gate तर्फ दौडन्छिन, तर केटा देखिदैन र रुदै रुदै नया जिवनको शुरुवात गर्छिन। मोरलः साचो माया गर्ने प्रेमीहरुले आफ्नो प्यारो मानिसको भविष्य कहिल्यै खराब बनाउदैनन्। कसैलाई पाउनु मात्र साचो प्रेम हुदैन, कसैको मनमा ठाउ बनाउनु नै साचो प्रेम हो
यो पनि पढ्नुस

परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।
शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।

आखिर के हो त शिवलिंग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।
त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिंग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश स्तम्भ/लिंग, अग्नी स्तम्भ/लिंग, उर्जा स्तम्भ/लिंग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।

यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिंगका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिंगमा निहित हुन्छ । वास्तवममा शिवलिंग हाम्रो ब्रह्माण्डको आकृति हो ।
किन शिब लिंग काे पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाकाे न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ । आदि, अंत नभएकाे कारण लिंग लाइ शिव का निराकार रूप मानीएकाे हाे तेसैले शिवकाे साकार रूप मानी भगवान शंकर मानेर शिब लिंग रूप काे पूजा गरीयकाे हाे ।

केवल शिव लाइनै निराकार लिंग काे रूप मा पूजा गरीन्छ । लिंग रूप मा समस्त ब्रह्मांड काे पूजा हुन्छ र हिन्दु धर्म अनुसार वहा लाइ समस्त जगत काे मालीक मानीदै अाएकाे छ । यसकारण शिव मूर्ति र लिंग दुबै रूप मा पूजा गरीन्छ । ‘शिव’ का अर्थ हुन्छ– ‘परम कल्याणकारी’ र ‘लिंग’ का अर्थ – ‘सृजन’ पनी हाे ।
वेद मा उल्लेख भएअनुशार वेद र वेदान्त मा लिंग शब्द सूक्ष्म शरीर काे लागी हाे याे सूक्ष्म शरीर १७ तत्वों ले बनेकाे हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्रिय, र पांच वायु. वायु पुराण काे अनुसार प्रलयकालमा समस्त सृष्टि जहा लीन हुन्छ र पुन: सृष्टिकाल मा जहाबाट प्रकट हुन्छ तेसैलाइ लिंग भनीन्छ । यस प्रकार विश्व काे संपूर्ण ऊर्जा नै लिंग काे प्रतीक हाे ।

पौराणिक कथा अनुसार जब समुद्र मंथन काे समय सम्पुर्ण देवताहरू अमृत काे आकांक्षी थीए तर मंथनबाटसारा संसार को समाप्त गर्न सक्ने कालकुट विष अायाे र उक्त विष लाइ भगवान शिव ले सहजता पुर्बक अाफ्नाे कण्ठ मा धारण गरेर ‘नीलकण्ठ’ हुनु भयाे र संन्सार लाइ त बचाउनु भयाे तर समुद्र मंथन काे समय निक्लीयकाे उक्त विष ग्रहण गरेकाे कारण भगवान शिव काे शरीरमा दाह बढ्याे र त्याे दाह लाइ सान्त गर्नकाे लागी शिवलिंग मा जल चढ़ाएउने परंपरा प्रारंभ भएकाे हाे र याे आज सम्म पनी चली रहेकाे छ ।

श्री शिवमहापुराण काे सृष्टिखंड अध्याय १२ श्लोक ८२ देखी ८६ मा ब्रह्मा जी काे पुत्र सनत्कुमार जी वेदव्यास जी को उपदेश दिदै भन्नु हुन्छ हर गृहस्थ ले देहधारी सद्गुरू बाट दीक्षा लीएर पंचदेव (श्री गणेश, सूर्य, विष्णु, दुर्गा, शंकर) काे प्रतिमा काे नित्य पूजा गर्नु पर्छ किनकी शिव नै सबकाे मूल हाे, मूल (शिव) को पुजा पाठले सबै देवता प्रसन्न हुन्छन तर अरू देवता हरू प्रशन्न गरे पनी प्रभु शिव भने तृप्ति हुदैन ।
यसकारण श्री शिवमहापुराण सृष्टिखंड अनुसार सृष्टि काे पालनकर्ता विष्णु ले एक पटक, सृष्टि काे रचयिता ब्रह्मा काे साथ निर्गुण-निराकार-अजन्मा ब्रह्म(शिव) काे प्रार्थना गर्नु भयाे ‘भाेलेनाथ हजुर कसाेगरी प्रशन्न हुनुहुन्छ’ प्रभु शिव ले भन्नुभयाे, ‘यदि मलाइ प्रसन्न गर्ने हाे भने शिवलिंग का पूजा गर्नु । जब जब कुनै प्रकार काे संकट या दु:ख हुन्छ शिवलिंगमा पूजा गर्नाले समस्त दु:ख काे नाश हुन्छ ।

जब देवर्षि नारद ले श्री विष्णु लाइ श्राप दिय र पछि पश्चाताप गर्नु भयाे तब श्री विष्णु ले नारदजी लाइ पश्चाताप काे लागी शिवलिंग काे पूजा, शिवभक्तकाे सत्कार, नित्य शिवशत नाम काे जप गर्न बताउनु भयाे

तपाईंको प्रतिक्रिया दिनुस्