फेरी नेपाललाई चमत्कारिक सफलता, युएईलाई हराउँदै नेपाल सेमिफाइनलमा

label सुदूर खबर संवाददाता query_builder January, 14 2019

३० पुस, काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला टी–२० स्मास क्रिकेटमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको छ । तेस्रो खेलमा सोमबार नेपालले युएईलाई ६ विकेटले हराएको हो ।

नेपालले यसअघि पहिलो खेलमा चीनलाई १० विकेटले साथै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । सोमबार पहिले टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदा लक्ष्य पूरा गरेको हो।

नेपालकी सीता रानामगरले ३७, काजल श्रेष्ठले २५ साथै इन्दु बर्माले १३ रन बनाइन् । यस्तै रुवीना क्षेत्रीले ९ र नेरी थापाले ६ रन बनाए ।
बलिङतर्फ नेपालकी सोनु खड्का, सीता राना मगर र करुणा भण्डारीले एक/एक विकेट लिएका थिए । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।