प्रतिघन्टा ४०० किलोमिटर चल्ने बाईक किन ल्याईन्छ नेपालमा जस्को सडकमा चलाउने अनुमति नै छैन, आखिर किन ?

label सुदूरखबर संवाददाता query_builder January, 14 2019

नेपालमा सर्वाधिक प्रयोग गरिने सवारीसाधन हो, मोटरसाइकल। मोटरसाइकल पारखीमा कुन मोटरसाइकल तीव्र गतिमा गुड्छ भन्ने बहस सधैं हुने गर्छ। कावासाकी निन्जा एच २ आर संसारकै सबैभन्दा तीव्र गतिमा कुद्ने मोटरसाइकल हो। यसको उच्चतम गति चार सय किलोमिटर प्रतिघन्टा छ।

यसलाई रेसिङ ट्रयाकमा मात्र चलाउन अनुमति दिएको छ। सडकमा चलाउन मोटरसाइकलले अनुमति पाएका छैनन्। टर्कीको ओसमान गाजी पुलमा गरिएको परीक्षणमा उक्त बाइकले चार सय किलोमिटरको गति २६ सेकेन्डमा भेटेको थियो। टर्कीका राइडर केनन सोफुङले उक्त गतिमा मोटरसाइकल कुदाएका हुन्। यो नै हालसम्म मापन गरिएको उच्चतम गतिमा कुदेको मोटरसाइकल हो।

यसमा ४ स्ट्रोक, ४ सिलिन्डर, ४ भल्भ लिक्विड कुल्ड र ९९८ सीसी क्षमताको इन्जिन छ। उक्त इन्जिनले ३१० एचपी पिक पावर जेनेरेट गर्छ। बाइकमा एडभान्स इलेक्ट्रोनिक एआइडी कावासाकी कर्नर मेनेजमेन्ट, कावासाकी ट्रायाक्सन कन्ट्रोल, कावासाकी लन्च कन्ट्रोल, कावासाकी इन्जिन ब्रेक कन्ट्रो, कावासाकी क्विक सिफ्टर, कावासाकी इन्टेलिजेन्ट ब्रेकिङ सिस्टमजस्ता अत्याधुनिक फिचर छन्।

तपाईंको प्रतिक्रिया दिनुस्