सुदूरपश्चिम प्रादेशिक महोत्सब २०७५ : दर्शकको बाक्लो उपस्थिति, आज पशुपति शर्मा र रेखा जोशीले दर्शकलाई भरपुर मनोरञ्जन दिए

label सुदूर खबर संवाददाता query_builder January, 14 2019

अत्तरिया,पुस ३० ।
कैलालीको अत्तरियामा जारी ‘सुदुरपश्चिम प्रादेशिक महोत्सब २०७५’ मा दैनिक जसो दर्शकहरुको सहभागिता बढ्दै गइरहेको छ । दैनिक जसो राष्ट्रिय तथा स्थानिय कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिइरहेका छन । “सम्बृद्ध प्रदेशको आधार कृषी ,पर्यटन र ब्यापार” भन्ने मुल नारा का साथ शुरु भएको महोत्सवको चौथोे दिन आज पनि राष्ट्यि तथा स्थानिय कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका छन ।

महोत्सवमा राष्टिय तथा स्थानिय कलाकारहरु साथ साथै अत्तरियामा रहेको पुष्पाञ्जली इंलिस बोर्डिड स्कुल र मोहन्याल डान्स एकेडेमीले पनि प्रस्तुति राखेका थिए । महोत्सबमा आज चर्चित लोकदोहोरी गायक पशुपति शर्मा , देउडा गायिका रेखा जोशी , लोकपप गायक मेक्जन कडायत लगाएतका कलाकारहरुले आ आफ्ना प्रस्तुतिहरु राखेका थिए ।

लोकदोहोरी गायक पशुपति शर्माले ‘मलाई अमेरिका मलाई जापान पनि यहि’ , ‘क्याम्पस पढ्न आउने’ , ‘मुटुमा राखेको मायालाई बिर्सेको का छु र’ लगाएत आधा दर्जनौ गितहरु गाएर दर्शकहरुलाई नचाउनुभयो । यस्तै देउडा गायिका रेखा जोशीले ‘जन सुक्यै पानी मुल तिर्खा लागे पिउला’ , ‘आकाश उडने चडि’ लगाएत देउडा गितहरु गितहरु दर्शकहरुमाझ राख्नुभएको थियो ।

यस्तै महोत्सबको भोली देशैकै चर्चित नायक बिराज भट्ट र गायक जनक ताम्राकारको प्रस्तुति रहने आयोजक अत्तरिया उधोग बाणिज्य संघका महासचिब एबम् सास्कृतिक संयोजक यज्ञराज जोशीले जानकारी दिनुभयो । यस्तै महोत्सबमा ह्ररेक दिन एक जना जेष्ट नागरिकलाई पनि सम्मान गरिंदै आएको छ ।

जेष्ट नागरिक र अपाङ्ता भएका ब्यक्तीहरुलाई प्रबेश निशुल्क गरिएको आयोजकले जनाएको छ । महोत्सबमा १५० वटा स्टलहरु रहेका छन । त्यस्तै दर्शकहरुलाई मनोरन्जन दिनको लागी लामितालमा ३ वटा डुंगाहरुको ब्यबस्था समेत गरिएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थिका हकमा रु ४० र अन्य सर्वसाधारण का लागि ५० रुपैया टिकट दर तोकिएको आयोजक अत्तरिया उधोग बाणिज्य संघले जनाएको छ । महोत्सवको संचालन हेमराज भट्ट र गायिका तथा उद्घोषिका मन्जु पौडेलले गरिरहनु भएको छ । godawarinews.com

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।