आज शनिबार, शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ५ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। #जय_संकटादेवी !!

label समाचार प्रकाशक query_builder January, 19 2019

वि.सं.२०७५ साल माघ ०५ गते । शनिबार । ईश्वी सन् २०१९ जनवरी १९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि त्रयोदशी,२१ घडी ३५ पला,दिउँसो ०३ बजेर ३५ मिनेट उप्रान्त चतुर्दशी । योग ऐन्द्र,२६ घडि ४८ पला,बेलुकी ०५ बजेर ४० मिनेट उप्रान्त वैधृति । करण तैतिल,दिउँसो ०३ बजेर ३५ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ३९ मिनेट उप्रान्त वणिज ।नक्षत्र मृगशिरा, ०४ घडी २० पला,बिहान ०८ बजेर ४२ मिनेट उप्रान्त आद्रा । आनन्दादिमा बज्र योग । चन्द्रराशि मिथुन । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट । दिनमान २६ घडी २७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अवसर प्राप्त भएपनि ठुलो उपलब्धि हात नलाग्न सक्छ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जतमा दाग लाग्न सक्छ । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापारमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापारमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ । घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यावसायमा सदाभन्दा आम्दानि बढिनै हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ । अध्ययनमा खासै मन नलाग्ने हुँदा पढाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा बिवाद बढ्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यावसायमा मन्दि आउनेछ । घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

आफन्तको साथ पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययनमा मन जाने हुँनाले चाहेजस्तो नतिजा हातलागि हुँने योग रहेकोछ । भाग्यले साथ लिने हुँनाले व्यापारमा थोरै लगानि गर्दापनि नाँफा कमाउँन सकिने समय रहेकोछ । प्रेम तथा प्रणय सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सक्दा परिणाम मुखि कामहरु गर्न सकिनेछ । पढाईमा मन जाने हुँनाले सफलता हात लाग्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त)

पढाईमा खासै ध्यान नजाँदा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापारान नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला । गलत ब्यात्तिहरुले प्रभावमा पारेर गलत निर्णय गराउँन बाध्य पार्नेछन् । अरुको सुझाव सल्लाहलाई वेवास्ता गर्दा दुख पाईनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनितिमा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी सामानको प्रयोग गर्न सकिनेछ । पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

काम बिग्रने तथा सजक नहुनाले आर्थिक अवस्थामा असर पर्न सक्छ । काम गर्नु पुर्व आफन्त तथा अग्रजहरु सँग सुझाब सल्लाह लिएर अगाडि बढ्दा राम्रो हुनेछ । सामाजिक कामहरुमा आजको दिन हात नहाल्दा नै राम्रो हुनेछ । काम तथा खानपानमा तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । व्यावसायमा तत्काल लगानि नगर्नुनै राम्रो रहेकोछ । घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ । नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षाको प्रयोग गरि क्षमता बढाउन सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ । पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनितिमा समय लगानि गर्नेहरुका लागी समयले दिनेछ । नया काम पाउने र नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापारमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बुवा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कामहरु बिग्रने हुँदा मान सम्मानमा कमिको महशुष हुनेछ । समाजसेवामा जनताबाट आलोचना सहनुपर्ला । कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ । व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्