गएराति धारिलो हतियार प्रहारबाट युबकको हत्या गरिएको विरोधमा अत्तरिया बजार बन्द

label सुदूरखबर संवाददाता query_builder January, 20 2019

माघ ६, अत्तरिया ।
गएराति चक्कु प्रहारबाट एक स्थानिय युबाको हत्याको विरोधमा आज एक दिनको लागि अत्तरिया बजार बन्द गरिएको छ । युवकको हत्याको विरोधमा व्यवसायी तथा स्थानियले स्वत: स्फुर्त रुपमा बजार बन्द गरेका हुन् । अत्तरियामा लागेको महोत्सब सकिपछी करिब ६:३० बजेतिर गोदावरी नगरपालिका ०१ बस्ने १८ वर्षीया अरुण भट्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतक भट्ट अत्तरियामा जारी महोत्सबमा पार्किङ ब्बस्थापनमा कार्यरत थिए । हत्यारा पक्राउन गर्नुपर्ने भन्दै स्थानियले स्थानियले प्रहरी चौकि अगाडी धर्ना दिइरहेका छन । सुरक्षा कर्मीको बाक्लो उपस्थिती रहने ठाउँमा नै युवकको हत्या भएको र कार्यालय नजिकै घटान घटेकोले प्रहरीले सुरक्षा दिन नसकेको भन्दै स्थानियले ईलाका प्रहरी कार्यालय मालाखेतीको नेतृत्व फेर्नुपर्ने माग समेत राखेका छन् ।

भट्टको शबलाई सेती अञ्चल अस्पतालमा राखिएको छ । भट्टका दुई दाईहरु भारतमा मजदुरी गर्दै आएका छन् । उनिहरु आज साँझ सम्म अत्तरिया पुग्ने परिवारले जनाएको छ । भट्ट की आमा मिना भट्ट अत्तरिया ठेला ब्यबसाय गर्दै आएकी छिन । छोरा बितेको खबर पाएपछि उनी बेहोस भएकी छिन । प्रहरीले भने हत्यामा संगलग्नको पहिचान भईसकेकोले खोजी कार्य जारी रहेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्