मुटु यता धड्कन् उता बनाएर गयौ !

label सुदूरखबर संवाददाता query_builder January, 21 2019

 

मुटु यता धड्कन् उता बनाएर गयौ ।
फाट्यो मन् टुक्रा-टुक्रा बनाएर गयौ ।

ढुङ्गा माटोको भर माटो ढुङ्गाको भर ,
के बुझ्यौ र दिल ढुङ्गा बनाएर गयौ ।

सक्दिन म अब क्यारी सिलाउनु छाती,
च्याँतेर यो चिरा-चिरा बनाएर गयौ ।

मुटुलाइ मुटु सोचिरहेथे मायामा ,
तर तिम्ले चाह पैसा बनाएर गयौ ।

भुपी सरोवर
सिगास ०३ बैतडी

तपाईंको प्रतिक्रिया दिनुस्