अत्तरियामा चक्कु प्रहार गरी युबकको हत्या गर्ने १ जना पक्राउ

label सुदूरखबर संवाददाता query_builder January, 21 2019

शनिबार साँझ अत्तरियामा युवाहरुको समुह बिच भएको झगडामा परेर एक जनाको हत्या घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सेनाका अनुसार प्रमुख अभियुक्त मानिएकालाई पक्राउ गरिएको हो। उनलाई अदालतबाट म्याद थपको काम भईरहेको कैलाली प्रहरीले जानकारी दिएको छ ।

दिनदहाडै चक्कु प्रहार गरि हत्या गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै अत्तरिया बजारमा पीडितका आफन्त र स्थानियले बजार बन्दको अनुरोध गर्दै बिहानै देखी प्रदर्शन गरेका थिए । हत्यारालाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै स्थानियले दिनभर प्रहरी प्रशासन बिरुद्ध नाराबाजी गरेका थिए । यस्तै स्थानियले ईलाका प्रहरी कारर्यालयको मुलगेटमा प्रहरी बिरुद्ध चर्को नाराबाजी गरेका हुन् ।

अत्तरियामा जारी सुदुरपश्चिम प्रादेशिक महोत्सव सकिएपछि साँझ घर फर्कने क्रममा चक्कु प्रहार गरी गोदावरी नगरपालिका वडा नम्बर १ बनखेतका अरुण भट्टको हत्या गरेर फरार रहेका मध्ये एक जनालाई प्रहरीको बिशेष टोलीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका ब्यक्तिको नाम भने खुलाइएको छैन् । घटनामा अरुको पनि संङ्लनता रहेकाले अरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्