सुदूर पहाडमा भारी हिमपात [फोटो फिचर]

label सुदूर खबर संवाददाता query_builder January, 22 2019

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, माघ ८ । मौसममा आएको परिवर्तनका कारण बैतडी सहित सुदूरपश्चिमका अधिकांस पहाडी जिल्लाहरुमा मंगलवार बिहानदेखि हिमपात सुरु भएको छ ।

बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।

यस्तै दार्चुलाको दार्चुलाका उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकरलगायतका ठाउमा हिमपात भएको छ ।  डडेल्धुराको भिमदत्त राजमार्गको शाहुखर्क, हगुल्टे लगायतका स्थानमा पनि हिमपात भएको हो

हिमपात भएसंगै पहाडी जिल्लाहरुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ । हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको बिशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

यो समयमा बालबालिकाहरुमा न्यूमोनिया र वृद्धवृद्धाहरुमा दम, श्वासप्रश्वास सम्बन्धि रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुराहरुमा खानुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । हिमपातले हिउँदेबाली सप्रने भन्दै किसानहरु खुसी भएका हुन् ।

हिमपातले गहुँ लगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । यसअघि गएको पुसको अन्तिम साता र मंसिर अन्तिम साता पनि सुदूरपश्चिमका अधिकांस पहाडी जिल्लामा हिमपात भएको थियो ।

 हेर्नुस् बाँकी तस्वीरहरु :

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।