मम्मी..अब त मैले हजुरलाई भेट्न पनि अरु कसैको अनुमति चाहिन्छ .. मन थामेर महिला दिदि बहिनिहरुले नछुटाई पढ्नुहोला

label समाचार प्रकाशक query_builder January, 23 2019

मम्मी..अब त तिमिलाई भेट्न पनि
अरु कसैको अनुमती चाहिन्छ मलाई..म हुर्केको, म बढेको ठाउँमा जान पनि अरु कसैको..`हस जाउ´ को अनुमति चाहिन्छ मलाई,ममि,,, किनकि पहिला हजुरहरुको घर पनि मेरै हुने गर्थ्यो ! तर अहिले घरबाट यो ठाउ माईति भएको छ ! म कसैको छोरी, दिदी, बहिनी बाट…, कसैको बुहारी , कसैको भाउजू , अनि कसैको श्रीमती भएको छु….!

मामु ! हरेक पल सम्झिने गर्छु म तिमिलाइ नै जब कसैले मलाई माया/ प्रेम गर्छन, जब कसैले मलाई तिमिले झै बिस्वास गर्छ तिम्रै याद आउँछ जब कसैले मलाई सस्कार , सम्मान र ईज्जतको कुरा सिकाउछ !मामु ! जब म तिमिसङ्गै हुने गर्थे पहिला मलाई खुवाएर तिमी खाने गर्थ्यौ..,तर अहिले समय फेरिएको छ , म अरुको पेट अगाए पछि मात्र खान पाउछु…!

हेर्नुस न ममि हिजो र आजमा कति भिन्नता छ..हिजो मैले गल्ति गर्दा तिमिले फकाउने गर्थ्यौ ! म सङ्ग सङ्गै रुने गर्थ्यौ..! तर हेर्नुस न ममि आज मैले गल्ति गर्दा , म आफू एक्लै रुने गर्छु ! न त तिमी झै आँसु थाम्ने कोहि भेट्छु न त न त बाबाले झै फकाउने कोहि..!मामु !

माया त मैले तिमी र बाबाले गर्ने झै पाएको छु सासू ससुरा बाट सम्मान / सुरक्षा पाएको छु पतिबाट, ममि तर अह, कहिल्यै तिमी , बाबा , भाइ , बहिनीको जस्तो महसुस भएन !ममि !
मलाई अझै याद छ त्यो सब्दहरु भाईले मलाई बिदाई गर्दा …`दिदी मलाई छोडेर नजानु न बरु टिभिको रिमोट तपाईं लाई नै दिन्छु´अझै याद आउँछ बाबाले भन्नुभएको कुरा !`छोरी आफ्नो ख्याल राख्नु तिमी जत्तिको अरु कोही छैन मेरो लागि´अझै याद छ मामु हजुरको आखामा मेरो लागि आसुहरु देखेको थिए !मामु ! याद आउँछ सबैको….भन्छन नि यादहरु नै जिउने आधार हो !

तपाईंको प्रतिक्रिया दिनुस्