सशस्त्र प्रहरीद्वारा महजोडी सम्मानित

label समाचार प्रकाशक query_builder January, 30 2019

काठमाडाैँ । सशस्त्र प्रहरीले आफ्नो अठारौँ स्थापना दिवसका अवसरमा मह जोडीलाई सम्मान गरेको छ । मंगलबार आयोजित स्थापना दिवसको कार्यक्रममा प्रहरीले कला क्षेत्रबाट समाज विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको हो।

यस्तै सशस्त्र प्रहरी बल नेपालका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ र पूर्वसशस्त्र प्रहरी महानिरीक्षक स्व.सहवीर थापालाई मरणोप्रान्त सम्मान गरिनाका साथै पूर्वसशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापालाई एपिएफ लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्